© २०२३
बुटवल, १७ भदौ ।
राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगरपालिका कमिटिको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको संघका नगर अध्यक्ष गणेश बोहराले जानकारी दिए । रगत अभावको वर्तमान समयमा युवाहरुबाट थोरै भएपनि योगदान दिने गरि कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमको उद्घाटन नेकपा (एमाले) पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे । युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिन नपर्ने वातावरण सरकारबाट बनाउनुपर्नेमा जोड दिँदै उनले रक्तदानजस्तो सामाजिक अभियानबाट युवालाई समुदायसँग जोड्ने काम हुने बताए ।
सो अवसरमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य विमला श्रेष्ठ, रुपन्देही जिल्ला कमिटी उपसचिव बाबुराम पन्थी, सचिवालय सदस्यहरू केशव रोका र सन्दीप गुप्ता, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य विकासजंग बस्नेत, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री र राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण कुमालले पनि रक्तदानमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।