© २०२३
काठमाडौँ ।
विद्यालय शिक्षा विधेयकलाई विधार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन् ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरुद्ध रहेको उनीहरूको आरोप छ ।
साथै उनीहरूले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षा को माग गरेका छन् ।
विद्यार्थी सङ्गठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेस भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए ।
संयुक्त विद्यार्थी सङ्गठनले आफूहरूका मागका बारेमा सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्