Butwal Today

गोमन सर्पको टोकाइबाट निको हुँदा पुनर्जन्म पाएका दिदी बहिनी 

१८ भाद्र २०८२, बुधबार
अ+
अ-

लमही, १८ भाद्र । 

एक महिना अगाडी गोमन सर्पको टोकाइबाट  राजपुरका  अवकाश शिक्षक सालिकराम यादव को मृत्यु  भयो ।

उनको  मृत्यु  भएको एक महिना नबित्दै राजपुर गाउँपालिका-५, नौसहरा निवासी एकै परिवारका दुई बहिनी १६ वर्षीया रैनावति यादव र करिब १२ वर्षीया रेनु यादवलाई हिजो मंगलबार साँझ करिब ६ बजेको समयमा बारीमा घाँस काटेर घर फर्कने क्रममा विषालु सर्प गोमन (कोब्रा) ले टोकेको थियो ।

उनीहरूको टोकाइबाट  परिवारमा दुख्खको पहाड खस्यो । सन्चो हुदैनकी भन्दै तर उपचार  पछि दिदी रेनुका पूर्ण रूपमा  निको भएर घर फर्केको गढवा सर्पदंश उपचार  केन्द्रले जनाएको छ । परियार  सहित उनीहरूमा खुसीको सीमा रहेन्न ।

बालिकाहरू घर फर्कने क्रममा चप्पल लगाउने बेलामा अचानक सर्पले दुवै बहिनीलाई एकैसाथ टोकेको पारिवारिक स्रोतले बताएका छन् । तत्कालै परिवार र स्थानीयको पहलमा उनलाई बढवा सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।

समयमै उपचार प्राप्त भएपछि दुवै बालिकाको स्वास्थ्यमा सुधार आएको चिकित्सकले जनाएका छन् । विषको प्रभाव देखिए  पछि डाक्टर, स्वास्थ्यकर्मी र नेपाली सेनाको निरन्तर प्रयासले उपचार सफल भएको हो ।

रेनुको अवस्था सामान्य देखेपछि आज बिहान डिस्चार्ज गरिएको थियो भने रेणुका अझै उपचार केन्द्रमै रहेको र हाल उनी पूर्ण रूपमा खतरामुक्त भएको सर्पदंश उपचार केन्द्र गढवाले जनाएको छ ।  देउखुरी  अत्यधिक सर्पको टोकाइबाट  बिरामी  पर्ने गर्दछन् । त्यसमा पनि गोमन सर्पको  टोकाइबाट  अकालमै ज्यान गुमाउने गरेका छन् ।