Butwal Today

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए ओली

१८ भाद्र २०८२, बुधबार
अ+
अ-

 काठमाडौँ, १८ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार उनी आज साँझ साढे ८ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली शंघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका थिए । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट भए पनि ओली र मोदीबिच भने औपचारिक द्विपक्षीय वार्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?