ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

हात्ती संरक्षण र सहअस्तित्वका लागि नेपाल–भारत अन्तर सीमा समन्वय बैठक

१८ भाद्र २०८२, बुधबार
१८ भाद्र २०८२, बुधबार

नेपालगञ्ज, १८ भदौ ।

हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र सहअस्तित्वका लागि नेपाल–भारत अन्तरसीमा समन्वय बैठक बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

ग्लोबल नेचर फाउण्डको आर्थिक सहयोग र आइयूसिएन नेपालको प्राविधिक सहयोगमा उज्यालो नेपालले आह्वान गरेको बैठकमा दुई देशका सरोकारवालाबीच महत्वपूर्ण छलफल भएको हो । बैठकमा मधुवन नगरपालिका, बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बर्दिया, खाता सामुदायिक वन समन्वय समिति लगायतका संस्थाहरूको सहकार्य रहेको थियो । उज्यालो नेपालले सञ्चालन गर्दै आएको परियोजनाअन्तर्गत हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्वका विषयमा नेपाल–भारतका नागरिकबीच अनुभव आदानप्रदान गरिएको थियोे ।

नेपालमा “हात्ती मेरो साथी” र भारतमा “गजमित्र” कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यी अभियानहरूले हात्तीलाई संरक्षण गर्नुका साथै स्थानीय समुदायलाई हात्तीलाई नजिकबाट बुझ्न र सहअस्तित्वमा बाँच्न प्रेरित गर्दै आएका छन् । बैठकमा सहभागीहरूले हात्ती संरक्षणसँगै मानिसको जीवन सुरक्षित राख्न पनि व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक कुमार रामले हात्ती आक्रमणमा ज्यान गुमाउने परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था भए पनि मानिसको जीवन मूल्यलाई अझ बढी प्राथमिकता दिनुपर्ने बताए । त्यसैगरी मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले हात्ती आक्रमण र मानव आक्रमण दुबै रोक्नका लागि प्रभावकारी जनचेतना र व्यवस्थापन आवश्यक रहेको बताए । पूर्व वार्डेन तथा उज्यालो नेपालका रमेशकुमार थापाले नेपाल–भारत दुवै मुलुकमा हात्ती संरक्षणका राम्रा अभ्यास भइरहेका भए पनि हात्तीका कारण मानिसले भोगेका पीडा र मानिसका कारण हात्तीले भोग्नुपरेका समस्या अझै चुनौतीपूर्ण रहेको बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कतरनियाँघाट वाइल्डलाइफ सेन्चुरीबाट सुरु भएर वनका कोरिडोर हुँदै हात्तीका झुण्ड दुवै देशमा ओहोरदोहोर गर्ने गरेका छन् । यसै क्रममा मानव–हात्तीबीच प्रत्यक्ष सम्पर्क बढ्दै जाँदा द्वन्द्वका घटना पनि बढिरहेका छन् । बैठकमा सरोकारवालाले यी समस्यालाई न्यून पार्दै सहअस्तित्वको वातावरण बनाउन निरन्तर सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?