ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

स्वास्थ्य बीमा बोर्डको सर्भर डाउनः लुम्बिनी प्रादेशिक अस्पतालका हजारौँ सेवाग्राही मर्कामा 

१८ भाद्र २०८२, बुधबार
१८ भाद्र २०८२, बुधबार

बुटवल ।

विगत एक साता लामो समयदेखि स्वास्थ्य बिमा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पटक–पटक सर्भर डाउन हुने समस्याले सेवाग्राही उपचार सेवाबाट बञ्चिन हुनु परेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउने हजारौँ सेवाग्राहीले यसको समस्या झेल्नु परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, भैसाहीबाट बुधबार बिहान ५ बजे नै उठेर अस्पतालमा आएकी ५९ वर्षीया ईश्वरी रेग्मी दिउँसो २ बजेसम्म पनि बिल काट्न नपाउँदा काउन्टर अगाडि प्रतीक्षामै छटपटिइरहेकी थिइन् ।

हात–खुट्टा झमझमाउने, आँखा दुख्ने तथा खोकी लाग्ने समस्या देखिएपछि स्वास्थ्य बिमाको कार्ड बोकेर बिहान ६ बजे नै टोकन लिन लाइनमा बसेकी ईश्वरीले चिकित्सकसँगको परामर्शपछि रगत परीक्षण गर्नुपर्ने भयो । तर, स्वास्थ्य बिमाको काउन्टरमा सर्भर डाउन भएपछि बिल काट्न नपाउँदा यत्तिकै अड्किएर बस्नुपर्‍यो ।

यसै गरी नवलपरासीको सुनवल नगरपालिका–१२ देखि आएकी दुर्गा ढकाल पनि अस्पतालको सर्भर कतिखेर खुल्छ प्रतीक्षामा बस्दै गरेको भेटिइन् । उनले दिदीकी छोरी सलिना पङ्गेनीलाई घाँटीको उपचार गराउनका लागि अस्पताल ल्याएको बताइन् ।

‘चिकित्सकसँग भेटेपछि एक पटक रगत परीक्षण गरेर हेरौँ भन्नु भएको छ । तर, रगत परीक्षण गराउनका लागि सर्भर डाउन हुँदा बिल नै काट्न पाइएन ।’–दुर्गाले भनिन्, ‘बिहान ९ बजे नै अस्पताल आएका थियौँ, अहिले घर फर्किने बेलासम्म पनि अस्पतालमा सर्भर चलेन भनेका छन् । अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।’

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य बिमा काउन्टर अगाडि बुधबार दिउँसो करिब सय जनाको सङ्ख्यामा सेवाग्राहीहरू प्रतीक्षामै बसिरहेका थिए । सोही भीडमा रुपन्देही सैनामैना–५ की भागीरथी अर्याल पनि प्रतीक्षामै थिइन् ।

आफ्नो ७१ वर्षीया आमा दिलमाया अर्याललाई उपचार गराउन आएकी उनले भदौको चर्को घाममा पसिना पुछ्दै बिल काट्ने प्रतीक्षामा अस्पतालको काउन्टर कुरिरहेकी थिइन् ।

यसै गरी प्युठानको प्युठान नगरपालिका–२ बाट एकराज गौतम अस्पतालमा आएको ५ दिन बितिसक्यो । ७७ वर्षीया आमा कमलेश्वरी गौतमलाई उपचार गराउन आएका उनले होटलमा बास बसेर उपचारका लागि अस्पतालमा दैनिक फलोअपमै छन् ।

आमालाई पेट सम्बन्धी रोगको उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेपछि उनी बुटवल आएका हुन् । ‘अस्पतालमा आएपछि आमालाई सबै रोगको परीक्षण गराएर घर लैजाने सोचेको थिएँ, तर कहिले के मिल्दैन, कहिले के ।

पाँच दिन बितिसक्यो ।’–एकराजले भने, ‘सबै कुरा समयमै नहुने, भिडभाड पनि उस्तै, सर्भरको समस्याले बिलिङमा उस्तै समस्या । बुटवलमा बसेर खर्च मात्रै बढ्यो ।’ बिहान ७ बजे आउने दिउँसो ३ बजे फर्किने दैनिकी जस्तै भएको उनले गुनासो गरे । अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार विगत १० दिनदेखि सर्भरको समस्या देखिएको छ ।

पटक–पटक स्वास्थ्य बिमा बोर्डमा जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनले बताए । अस्पताल बिहान ८ बजेदेखि स्वास्थ्य बिमाको काउन्टर सञ्चालन गरिने भए पनि बिहान १० बजेपछि सर्भर नचल्दा कामकाज ठप्प हुने गरेको छ । अस्पतालमा दैनिक करिब १ हजार सेवाग्राही बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउने गर्दछन् ।

‘यो समस्या यसअघि साउन महिनामा पनि आएको थियो । बिमा बोर्डले ५ दिनसम्म पूर्ण रूपमा सेवा बन्द गरेर मर्मतको कार्य गरेको जनाए पनि फेरी उस्तै समस्या देखिएको छ ।’–अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख पौडेलले भने, ‘बिमा बोर्डले सर्भरको समस्या समाधान नगर्दा यहाँ आउने हजारौँ सेवाग्राही प्रभावित भएका छन्, जसको अपजस हामीले खेप्नु परेको छ ।’

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य बिमाको सर्भर डाउन बारे स्वास्थ्य बिमा बोर्डलाई जानकारी गराइएको बताए । ‘सेवाग्राहीलाई समयमै उपचार सेवा उपलब्ध गराउन नसक्दा हामी अत्यन्तै दुखित छौँ ।

अहिलेको समस्या छिटोभन्दा छिटो समाधान होस भन्ने अस्पताल प्रशासनको चाहना हो ।’–मेसु डा. ढकालले भने, ‘सम्बन्धित निकायलाई पत्राचार गरी समस्या बारे जानकारी गराउने काम भएको छ, यो समस्याप्रति हामी अत्यन्तै गम्भीर छौँ ।’

उता, स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विकेश मल्लले भने, सर्भर डाउनको समस्या बारे अनविज्ञता प्रकट गरे । ‘सर्भर डाउन बारे प्राविधिक शाखामा जानकारी आएको हुनसक्छ, मेरो जानकारीमा छैन ।’–मल्लले भने, ‘यदि सर्भरकै समस्या हो भने पनि यति लामो समयसम्म नहुनु पर्ने हो । अस्पतालकै उपकरण तथा प्रविधिका कारणले पनि हुनसक्छ । हाम्रो बोर्डमा त्यस्तो समस्या छ जस्तो लाग्दैन ।’

लुम्बिनी र गण्डकी प्रदेशसहित १६ बढी जिल्लाहरू उपचार सेवा लिन आउने लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजार बढी स्वास्थ्य उपचारका लागि आउने गर्दछन् ।

जसमध्ये आधा सङ्ख्या स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउनेहरूको हुने स्वास्थ्य बिमा सेवा शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार गएको आर्थिक वर्षमा स्वास्थ्य बिमा सेवा कार्यक्रम अन्तरगत अस्पतालबाट सेवा लिनेको सङ्ख्या करिब १ लाख ६० हजार रहेको छ । अस्पतालले सो अवधिमा ३५ करोड बराबरको उपचार सेवा उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?