ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

दुग्ध किसानमाथि ज्यादती किन ?

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसानले थालेको आन्दोलनमा प्रहरीले धरपकड र हस्तक्षेप गरेको छ ।

त्यस क्रममा दुग्ध उत्पादक किसान घाइते भएका छन् । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासङ्घको अगुवाइमा किसानहरूले डीडीसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएका थिए ।

आफूले श्रम गरेर उत्पादन गरेको दूधको पैसा लिन खोज्दा समेत सरकारले धरपकड गर्नु आपत्तिजनक कार्य हो । सरकारको सुरक्षा निकायबाट भएको यस प्रकारको धरपकडको जति नै निन्दा गरे पनि कमै हुन्छ ।

आइतबार दिउँसो काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौँ उपत्यका र आसपासका किसानले डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा पुगेर धर्ना दिन खोजेका थिए तर किसानको मागमाथि नजरअन्दाज गर्ने काम भएको छ ।

सरकारले लगाउने कृषि क्रान्तिको नारा कसरी पूरा हुन्छ ? सोचनीय विषय बनेको छ । डीडीसीबाट दुग्ध किसानको झन्डै १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी छ । पटक–पटक दूधको मूल्य भुक्तानीको माग राखे पनि समस्या समाधान नभएकाले आन्दोलन गर्नुपरेको किसानहरूको भनाई छ ।

अर्कोतर्फ अहिले दुग्ध विकास संस्थानले किसानको दूध खरिद गर्नै आनाकानी गर्दै आएको छ । यो गम्भीर समस्या हो । किसानले मेहनत गरी उत्पादन गरेको दूधको मूल्य नपाउनु, समयमै भुक्तानी नहुनु समस्या त छँदै छ, त्यसमाथि किसानको दूध खरिद नहुने अवस्था आउँदा पनि सरकार मूकदर्शक बन्नु चिन्ताको कुरा हो ।

पछिल्लो समय देशभरका दूध उत्पादक किसानले दूध बिक्री हुन नसकेको गुनासो गर्दै आएका छन् । दूधको भुक्तानी नपाउँदा र दूध बिक्री नहुँदा पशु पालक किसान पलायन हुने अवस्थामा आएको छ ।

उता सरकारले किसानलाई विभिन्न शीर्षकमा यसअघि दिँदै आएको अनुदानमा कटौती गरेर किसानलाई राहत दिनुको साटो उल्टै चोट दिने काम गरेको छ । छिमेकी देश भारत सरकारले किसानलाई पहिलो प्राथमिकता दिँदै मल, सिँचाई, बीउ आदिमा ठुलो अनुदान दिने गर्दछ ।

तर, नेपाल सरकारले अरू निहुँ नपाएपछि किसानलाई उल्टै आहत दिने काम गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत योगदान कृषि क्षेत्रको छ । अर्थात् नेपालको अर्थतन्त्रको एक चौथाइ हिस्सा कृषि क्षेत्रले धानेको छ । तर, सरकार यो तथ्यमाथि खेलबाड गरेर किसानलाई डुबाउने प्रयासमा लागेको छ ।

दूधको कुरा मात्रै होइन, अहिले किसानले मल पाउन सकेका छैनन् । किसानलाई राहत मात्र होइन विभिन्न आकर्षक कार्यक्रम र प्याकेज दिएर कृषिमा जोड्नुपर्नेमा उल्टो विमुख बनाउने प्रयास गरिएको छ ।

सरकारको कदमको देशव्यापी विरोध भएको छ । सरकारको किसानमाथि थोरै पनि सहानुभूति छ भने दूध किसानको समस्या तत्काल समाधान गरोस् । अहिले देशैभरीका हजारौँ दुग्ध किसान पीडामा बाँच्नुपरेको छ ।

दूध खरिद गर्ने वातावरण तत्काल मिलाउन र रोकिएको दूधको भुक्तानी तत्काल गर्नेतर्फ नेपाल सरकारको ध्यान जाओस् । सरकारको यही रवैया हुने हो भने कृषि क्षेत्रको विकास हुनै सक्दैन ।

कृषि क्षेत्रको विकास नभई देशको अर्थतन्त्र बलियो हुँदैन । तर, सरकार यो तथ्यमाथि पूरै बहिरो बनेको छ । अबको दिनमा सरकार किसानका समस्याप्रति गम्भीर बनोस् । पछिल्लो पटक देखिएको दूधको समस्या सम्बोधनमा अबिलम्ब ध्यान जाओस् ।

जसरी दूध उत्पादक किसानमाथि धरकपकड भएको छ, त्यो किन भयो ? भन्ने कुराको खोजी होस् । किसानमाथि जहिलेपनि हेपाहा प्रवृत्ति लाद्ने हो भने निश्चित रूपमा देशको विकास हुन सक्दैन ।

यो विषयमा सरकारको ध्यान जाओस् । किसानलाई राहतका प्याकेज दिएर संरक्षणको नीति लिनुपर्नेमा उल्टो पेसाबाटै विस्थापित बनाउने जुन काम भएको छ, त्यो खेदजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?