ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

आफ्नै कार्यकालमै सामाजिक न्यायसँग सम्बन्धित कानुन बनाउँछौँ : सभामुख घर्ती

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

लमही , १७ भदौ ।

लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्ती मगरले सीमान्तकृत वर्ग र समुदायका लागि आवश्यक सबै कानुन आफ्नो कार्यकालमै बनाउने प्रतिबद्धता जनाएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपालले सोमबार देउखुरीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशमा सीमान्तकृत समुदाय र समावेशीकरणका सवाल सम्बोधनका लागि कानुन निर्माणमा संसद् र सरोकारवालाको भूमिका’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सभामुख घर्तीले बरघर, मुक्त कमैया, दलित अधिकार, यौनिक अल्पसङ्ख्यकलगायतका सवालमा कानुन ल्याउने प्रक्रिया अघि बढिसकेको बताए । “लुम्बिनी प्रदेशमा सांसदले नै कानुनको मस्यौदा बनाउने अभ्यास गरिएको छ, सरकार पनि यसमा सकारात्मक छ,” उनले भने ।

नेकपा एमालेका प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले नयाँ कानुन निर्माणसँगै बनेका कानुन कार्यान्वयनको अवस्थामाथि नियमित समीक्षा गर्नुपर्नेमा जोड दिए ।

प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढाले समुदाय स्तरमै पुगेर छलफल गर्न नसके पनि आगामी दिनमा त्यस्तो अभ्यास गर्ने प्रतिबद्धता जनाइन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बरघरसम्बन्धी विधेयक प्रारम्भिक चरणमै रहेको र चाँडो ल्याउन पहल गर्ने बताए ।

त्यस्तै, सांसद नवराज लामिछानेले कानुन निर्माणमा तीव्रता दिइएको दाबी गर्दै अन्य कानुनको मस्यौदा बनाउन योजना भइरहेको बताए । सांसद निमा गिरीले व्यक्तिगत र पार्टीगत रूपमा पनि सीमान्तकृत र समावेशी विषयमा कानुन बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी र कानुन सचिव लिलाधर सुवेदीले आवश्यक कानुन निर्माणमा समन्वय गर्ने आश्वासन दिए । सुवेदीका अनुसार हालसम्म प्रदेशमा ४६ वटा नयाँ कानुन बनाउनुपर्ने पहिचान गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले समावेशीकरण संविधानमै सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै पीडितले न्याय पाउने खालका कानुन बनाउन आवश्यक भएको बताए ।

कार्यक्रममा दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले बरघर र मुक्त कमैया सम्बन्धी कानुन नबनाउँदा स्थानीय तहमा समस्या भएको बताएर प्रदेशसभा र सांसदहरूको ध्यानाकर्षण गराइन् । सहभागीहरूले अपाङ्गता भएका, यौनिक अल्पसङ्ख्यक, आदिवासी–जनजाति र सीमान्तकृत समुदायका सवालमा पर्याप्त छलफल नगरी कानुन बनाउन खोजिएको भन्दै गुनासो पनि गरेका थिए ।

कार्यक्रमको सहजीकरण सिआइएनका समाचार प्रमुख लिलप्रकाश चन्दले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?