© २०२३
महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिरलाई अश्वमेध यज्ञको लालसा जाग्यो । उनी यज्ञको लागि श्याम कर्ण घोडाको खोजिमा लागे । महाभारतको युद्धमा ठूलो नरसंहार भएको थियो ।
पाँचभाइ पाण्डव सबैलाई यो युद्धबाट भएको उपलव्धि भन्दा क्षति भएको महसुस भएको थियो । यसको घाउ मेटाउनका लागि पनि अश्वमेध यज्ञको आवश्यकता महसुस भएको थियो ।
हुन त अश्वमेध यज्ञ गोत्रहत्या, विप्रहत्याआदि महापापको प्रायश्चित्तका निम्ति गरिने यज्ञ हो । यसलाई आफ्नो राज्य आसपासको राज्यहरूसंग युद्धमा विजय पाउनका निम्ति पनि गरिने यज्ञको रूपमा बुझिन्छ ।
यो यज्ञमा विशेष प्रकारको घोडालाई सिंगार पटार गरेर छोडिन्छ । जहाँबाट छोडेको हो त्यही ठाउँमा घोडा आयोभने यज्ञ पूरा भएको ठानेर पूर्णाहुती गरेर समापन गरिन्छ । यो यज्ञ आजभोली त्यस्तो चलनमा छैन । पाण्डवहरूले प्रायश्चित्तका निम्ति अश्वमेध यज्ञ गरेको किम्वदन्ति पाइन्छ ।
अश्वमेध यज्ञ आरम्भ भएपछि अश्वको सुरक्षाको निम्ति अर्जुन (सब्यसाची) लाई जिम्मा दिइयो भने सब्यसाचीको र श्यमाम कर्ण दुबैको जिम्मा महावली भीमलाई दिइयो । उनीहरूको दुईवटा लक्ष रहेको पाइन्छ ।
पहिलो यज्ञ सफल पार्ने र दोस्रो महाभारत कालमा जति राज्यका राजाको ज्यान गएको थियो । ती राज्यमा पुगेर शान्ति सन्धी गर्ने । सन्धी गर्नका निम्ति पनि अर्जुन र भीम दुबैलाई जिम्मा दिइएको थियो ।
अर्जुन र भीम घोडा लिएर विभिन्न राज्यमा पुग्ने क्रममा गान्धार राज्यमा पुगे । जहाँ सकुनीका पुत्र उलुकले राज्य गर्दथे । अश्वमेध यज्ञको घोडा सहित भीम र अर्जुन गान्धार राज्यमा प्रवेश गरेको खवरले उलुक युद्धका निम्त तयार भयो । त्यही समयमा उसले आफ्नो पिताको हत्याको प्रतिशोध लिने प्रतिज्ञा ग¥यो ।
प्रतिज्ञा लिएको सुनेर उलुकको सेनापतिले सकुनीले महाभारत युद्ध गराउन मुख्य भूमिका खेलेको र कपटी पासा खेलाएर पाण्डवहरूको जीवन वर्वाद गराएको सबै कहानी सुनायो । आफ्ना बाबुको कालोकर्तुत सुन्दा सुन्दै उलुक अचेत बन्यो ।
उसलाई यसअघि आफ्ना पिताको कर्तुतको वारेमा रत्तिभर ज्ञान रहेनछ । उ मूर्छित भएको खवर पाए पछि सकुनीकी श्रीमती अरून्धती आफै युद्ध गर्न जाने विचार बनाइन । उनी सेना सहित युद्ध मैदानमा पुगिन ।
उनलाई दरवारमा भेटनका निम्ति र शान्ति प्रस्ताव राख्नका निम्ति अर्जुन जाँदै थिए । अरून्धतीले उनको शिरतिर वाण सोझ्याइन । यो देखेर उनले आफू निशस्त्र रहेको र युद्ध गर्न पनि नआएको कुरा विसाए । अरून्धतीले विश्वास गरिनन् ।
अर्जुनको सुरक्षाका निम्ति भीम पनि साथैमा थिए । भीमले पुनः युधिष्ठिरको शान्ति प्रस्ता सुनाए । अरून्धती रथबाट ओर्लेर उनीहरूका सामुमा पुगिन । अर्जुनले युद्ध होइन शान्तिको हात बढाउन आएको दोह¥याए ।
अरून्धतीले आफ्ना शस्त्र अस्त्र सबै विसाएर उनको कुरा स्विकार गरिन । तत्पशचात उनले दुबै दाजुलाई आफ्नो दरवारमा लिएर गइन । उता छोरो उलुक अचेत अवस्थामा थियो । अर्जुन र भीम पुगेर उसलाई बोलाए ।
उसले विस्तारै आखा खोल्यो, चेतना आयो । दुबै राज्यका बीचमा सन्धी भयो । उलुकको मनमा सेनापतिले महाभारत युद्धको सुत्राधार सकुनी भएको कुरा भनेको उसको मनमा गहिरोगरी छाप बसेको थियो ।
अर्जुन र भीमले उसको कक्षमा पुगेर बोलाएपछि उ ब्यूँतियो । अनि आफ्ना बाबुको करतुतको वारेमा अर्जुनसंग क्षमामाग्यो । दुबैतर्फकाले विगतका कुरा विर्सने सर्त राखेर अति निकटको सम्वन्घध कायम भयो ।
उनीहरू त्यहाँबाट सिन्धु राज्यमा पुगे । जहाँ राजा जयद्रथका पुत्र सुरथले राज्य गर्दथे । सिन्धु नरेश जयद्रथ धृतराष्ट्रका छोरी ज्वाई हुन् । उनले पाण्डवहरू वनवास भएको समयमा द्रौपदीको हरण गर्ने चेष्टा गरेका थिए ।
ज्वाई भएको नाताले हत्या नगर्ने भनेर भीमले उसलाई चारापाटा मुडेर छोडिदिएका थिए । त्यही जयद्रथले महाभारतको युद्धमा अत्यन्त षडयन्त्रपूर्वक अर्जुन पुत्र अभिमन्यूको वध गराएको थियो ।
यो षडयन्त्रको सबै भन्दा प्रमुख सुत्राधार जयद्रथ थियो । आफ्नो छोराको हत्या भएको वदलामा अर्जुनले जयद्रथको वध गर्ने र यदी वध गर्न सकिएन भने आफूले अग्नी समाधि लिने वाचा गरेका थिए ।
आखिरमा जयद्रथको वध अर्जुनले गरेर आफ्नो छोराको हत्याको वदला लिएको कथा महाभारतमा पाइन्छ ।
अश्वमेध यज्ञका सन्दर्भमा उनीहरू सिन्धु राज्यमा प्रवेशगरेको खवर पाएर सुरथ सेना सहित पुगेको थियो । आखिरमा उसलाई पनि जयद्रथले गरेका सबै कहानीहरू पाण्डवको तर्फबाट सुनाइयो ।
सुरथले आफ्नो बाबुले पाण्डवप्रति गरेको दुव्यवहारप्रति क्षमा माग्यो । उसले यसअघि पाण्डवहरूलाई घोर अपराधिको रूपमा चिन्दथ्यो । तर पाण्डवका तर्फबाट सबै विवरण सुनेपछि उ पनि पाण्डवहरूसंग सन्धि गर्न सहमत भयो । यसरी पाण्डवहरू मद्र देश हुँदै विभिन्न राज्यमा पुगेर आफ्नो शान्ति सन्देश प्रवाह गरे ।
आफूले महाभारतको युद्धमा गरेका सबै कुराको प्रायश्चित्त गरे । महाभारतकालमा कौरव पक्षको सर्वनाक हार भएको थियो । यो युद्धमा आएका निकै राजा, सेना तथा सर्वसाधारणको हत्या भएको थियो ।
यसको खास कारण दुईवटा रहेको पाइन्छ । पहिलो पाण्डवहरूलाई निमिट्यान्न पारेर राज्य प्राप्ति गर्ने दुर्योधनको हठ र धृतराष्ट्रको पुत्र मोह । दोस्रो भनेको सकुनीको कुटिल चाल । जसले महाभारत युद्धका निम्ति अवसर जुर्न पुग्यो ।
त्यसको सहायकमा दुर्योधनको हठमा अन्य राज्यका राजाहरूले अन्ध समर्थन गर्नु । कहिलेकाँही भनिन्छ– राजनीतिमा स्थायी दुष्मन कोही पनि हुँदैन । यहाँ उल्लेख गरेका दुईवटा घटना जो महाभारतमा उल्लेख भएका छन् ।
त्यसलाई सान्दर्भिक हुने ठानेर संक्षिप्तमा चर्चा गरियो । यसले पनि राजनीति कस्तो हुन्छ भन्ने कुरा दर्शाउँछ । महाभारतको युद्धका सुत्रधार सकुनी जसले पाण्डवहरूलाई सिध्याउनका लागि लाक्षागृह तयार गरेर जलाएर मार्ने षडयन्त्र रच्यो ।
फेरी कपटी पासा खेल्न लगाएर (आफै उकासेर आफै खेल्यो) । अन्तमा युद्धबाट हराउनु पर्छ भनेर कौरवहरूलाई उक्साइ रह्यो । यस्तो घातकीको राज्यमा पुगेर पाण्डवहरूले शान्ति प्रस्ताव राखेर स्विकार्न लगाए । यता सिन्धु नरेश जयद्रथ जसले दौपदीको बेइज्जत गर्ने हरकत ग¥यो ।
अनि युद्ध नीति तोडेर अर्जुन पुत्र अभिमन्यूको वध गर्न मु्ख्य भूमिका निर्वाह गरेको थियो उसैको राज्यमा पुगेर बहिनी दुशाला र भाञ्जा सुरथसंग सन्धी गर्न पाण्डवहरू पुगे । महाभारतको कथा राजनीतिले भरिएको एउटा धन्सार हो । तपाई जहाँबाट फर्काएर हेर्नुस– यसमा सबै राजनीति र राजनीति भित्र असली कुटनीति पाइन्छ ।
यसमा मिठो पनि छ । तितो र टर्रो पनि छ । यसलाई गम्भिर भएर अध्ययन गर्ने हो भने वर्तमान भूत र भविष्य यसैमा पाउन सकिन्छ । सार पाउनका लागि अलिक गम्भिर भने हुनैपर्छ । सार पाउनका लागि अलि मिहिन गरेर यसको केस्रा केलाउन जान्नुपर्छ र सक्नुपर्छ । आज हामी कालापानी, लिपुलेक र लिम्पियाधुराको वारेमा चर्चा गर्छौ ।
आजको जस्तै मिचाहा प्रवृत्ति महाभारतकालमा पनि थियो । यदि पाण्डुले प्राप्त गरेको राज्य धृतराष्ट्रले सहजै नदिएर राज्य विभाजन गर्नु र अन्तमा त्यही इन्द्रप्रस्त राज्य पनि आफूले लिने काम गरेको महाभारतको कथामा उल्लेख छ ।
यो पनि एक प्रकारको मिचाह प्रवृति हो । आज त्यही कौरवका सन्तानले फेरी नेपालको सदियौं देखिको भूमि आफ्नो कव्जामा लिने जमर्को गर्दैछन् । मिचाहाको दुर्दशा कस्तो हुन्छ भन्ने कुरा त कौरवका सन्तानले समयम बुझ्नुपर्दछ ।
न्यायको पक्षमा लागेकाले पाण्डवहरूको जीत भएजस्तै लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै पक्षमा राख्नका लागि आम नेपालीहरू न्यायको पक्षमा हरदम उभिन जरुरी छ । चेतना भया ।