ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

काठमाडौँ, १७ भदौ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरी शव भान्छा कोठामा गाडेको विभत्स घटना सार्वजनिक भएको छ ।

मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।

उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए ।

पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै भदौ १६ गते प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए ।

त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताए ।

अनुसन्धानको क्रममा १२ भदौको राति १२ बजेतिर श्रीमान् श्रीमती बिच विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको हो ।

विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको हो ।

हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले बताए । १६ भदौको राति साढे ८ बजेतिर शव उत्खनन् गरेर प्रहरीले निकालेको थियो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्‌बाट ३ छोरी रहेको पाइएको छ ।

११ भदौमा किरण गाउँमै भएको भजनकृतन कार्यक्रममा उपस्थित भएका थिए । राति साढे ११ बजेतिर घर फर्केका थिए । त्यसपछि १२ बजेतिर श्रीमतीको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । हत्या गर्ने बेला उनले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । कसैलाई खबर गरे छोरीलाई समेत मार्ने भनेर धम्की दिएकाले ९ वर्षकी छोरीले घटना थाहा पाउँदा समेत कतै भन्न नसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा र सानो कोदालो बरामद गरेको छ । ‘ओरेन्ज’ लेखेको मदिराको खाली बोतल र भरी बोतल पनि बरामद भएको छ ।

पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?