ट्रेंडिंग:

>> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ?

सीईओबाट प्रतिस्पर्धी बनेका भान्जासँग विनोद चौधरीको टकराब

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

बुटवल, १६ भदौ ।

नेपाली उद्योग क्षेत्रमा एक सफल र प्रतिष्ठित नामका रूपमा चिनिने चौधरी समूहभित्र हाल मामा–भान्जाबिचको गम्भीर विवाद सतहमा आएको छ ।

सीजी मोटर्सका पूर्व प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) हेमन्त अग्रवाल र उद्योगपति विनोद चौधरीबिचको बढ्दो असमझदारीले कम्पनीको व्यापारिक रणनीति र ब्रान्ड अधिकारमै असर पारेको छ ।

भान्जा हेमन्त अग्रवाललाई पारिवारिक नाताका आधारमा चौधरी समूहले सीजी मोटर्सको सिईओको जिम्मेवारी दिएको थियो । अग्रवाललाई विद्युतीय सवारीको सम्भावना देखिएको समयमा नेतृत्वमा ल्याइएको थियो ।

कमर्सियल भेहिकल क्षेत्रमा सीजी मोटर्सलाई अग्रस्थानमा पुर्‍याउन अग्रवालको भूमिका निर्णायक रह्यो । समूहका अध्यक्ष विनोद चौधरीले अग्रवालप्रति विश्वास देखाए पनि कम्पनीको नेतृत्व भने समूहका प्रबन्ध निर्देशक  निर्वाण चौधरीलाई सुम्पिएका थिए ।

निर्वाण र हेमन्तबिचको सहकार्यले बजारमा प्रभावशाली उपस्थिति कायम गरे पनि पछि गहिरो विवाद उत्पन्न भयो ।

स्रोतका अनुसार हेमन्त अग्रवाललाई सीईओ नियुक्त गर्दा कम्पनीले नाफाको १० प्रतिशत दिने मौखिक सहमति भएको थियो । अग्रवालले सोही अनुसार लाभांश माग्दा चौधरी समूहले प्रतिकूल प्रतिक्रिया दिएको र अन्य ब्रान्डको डिलर बन्न प्रस्ताव गरेको बताइन्छ, जुन प्रस्ताव अग्रवालले अस्वीकार गरे ।

आन्तरिक समन्वयबाट समाधान नखोजिएपछि, हेमन्त अग्रवालले चौधरी समूहकै प्रतिस्पर्धी कम्पनी ‘ड्रिम्सी मोबिलिटी प्रालि’ खोलेर पहिले सीजी मोटर्समार्फत आयात हुँदै आएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड  केवाईसीको आधिकारिक प्रतिनिधित्व आफ्नो पक्षमा ल्याए ।

यसअघि सन् २०२२ को जुलाईमा चोङकिङ चाङ एन कुएयू अटोमोबाइल कम्पनी लिमिटेड र सीजी मोटर्सबीच २०२६ सम्मको आधिकारिक विक्रेताको सम्झौता भएको थियो । तर, सो सम्झौता रद्द गर्दै चोङकिङ कम्पनीले अब ड्रिम्सी मोबिलिटीलाई आधिकारिक बिक्रेता नियुक्त गरिसकेको छ ।

२०७९ साउन १३ मा ड्रिम्सी मोबिलिटीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा केवाईसी ब्रान्डका विद्युतीय सवारी आयात तथा बिक्री गर्न एजेन्सी दर्ता गराएको देखिन्छ ।

सीजी मोटर्सले ब्रान्ड अधिकार गुमेपछि वाणिज्य विभाग र ड्रिम्सी मोबिलिटीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्‍यो । अदालतले सम्झौतामा समय बाँकी रहेकाले नयाँ एजेन्सी दर्ता प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको छ । सो आदेशसँगै हाल केवाईसी ब्रान्डको गाडी भित्र्याउने प्रक्रिया रोकिएको छ ।

विवादका कारण केवाईसी ब्रान्डका करिब ४ हजार उपभोक्ता अन्योलमा परेका छन् । पार्टपुर्जाको आपूर्ति रोकिने अवस्था सिर्जना भएको छ, जसले सवारी सञ्चालनमै समस्या निम्त्याउने सम्भावना छ । यसअघि हिरो बाइकको विषयमा पनि यस्तै विवाद अदालतसम्म पुगेको थियो ।

सीजी मोटर्सले ट्याक्सी सञ्चालनका लागि अनुकूल वातावरण बनाउन केन्द्र र प्रदेश सरकारहरूसँग नीतिगत तहमा लबिइङसमेत गरेको थियो । पोखरा र बागमती प्रदेशमा नयाँ मापदण्ड निर्माणका लागि खर्च पनि गरिएको थियो ।

तर प्रदेश सरकारले सङ्घीय कानुन अझै कार्यान्वयन नगरेपछि त्यसमा लगाइएको लगानी र प्रयास खेर गएको अनुभूति समूहभित्रै असन्तुष्टिको कारण बनेको छ । एकातर्फ अग्रवालले ‘न्यायोचित हिस्सा’ खोजेका छन् भने अर्कातर्फ चौधरी समूह कानुनी र व्यावसायिक हैसियत जोगाउन प्रयत्नरत देखिन्छ ।

केवाईसी ब्रान्ड  विवाद मात्र होइन, विनोद चौधरी पछिल्ला केही वर्षमा विभिन्न कानुनी र नैतिक विवादमा पनि तानिएका छन् ।  जसमध्ये  बाँसबारी छाला-जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा उनी माथि अनियमितताको‌ आरोप लाग्यो ।
बिमा दाबीमा किर्ते गरेको आरोप पनि सार्वजनिक भयो ।

मसानघाट क्षेत्रमा जग्गा कब्जा गरेको भन्दै स्थानीय स्तरमै विरोध भएको थियो । सरकारी जग्गा प्रयोग गरी होटल व्यवसायी विस्तार गरेको आरोपमा समेत उनी परेका छन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा समूहका अध्यक्ष विनोद चौधरी सम्पर्कमा आउन चाहेनन् भने अग्रवालसँग गरिएको सम्पर्कको प्रयास पनि सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?