© २०२३
काठमाडौ, १७ भदौ ।
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ–तिहारको अवसरमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बिपिएल) सार्वजनिक गरेको छ ।
नेपालमा मोटरसाइकल अब केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनेको हुनाले कम्पनीले उपभोक्तासँगको नजिकको सम्बन्ध स्थापित गर्न यो विशेष क्याम्पेन सुरु गरेको हो ।
क्याम्पेनको मुख्य आकर्षणहरू:
-जति धेरै रन, त्यति धेरै पुरस्कार
– सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार
– “प्लेयर अफ द वीक” बन्ने ग्राहकलाई रु. १ लाख नगद
– चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले भने, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । बिपिएलले बजाज खरिदकर्तालाई मात्र नभई सर्वसाधारणलाई पनि चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव प्रदान गर्नेछ ।”
त्यसैगरी, मोवाइल गेमप्रेमीहरूका लागि पनि कम्पनीले विशेष अवसर सिर्जना गरेको छ । मोबाइलमा क्रिकेट खेल्दै जति बढी रन बनाइन्छ, त्यति धेरै उपहार जित्न सकिने र यो खेल सबैले सजिलै खेल्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसरी बजाज प्रिमियर लिग (बिपिएल) ले मोटरसाइकल खरिदमा रमाइलो अनुभव र पुरस्कार जित्ने अवसरलाई एकसाथ जोड्दै नेपाली ग्राहकका लागि चाडपर्वको उत्सवलाई अझ रोचक बनाएको छ ।