Butwal Today

अस्ट्रेलियाका मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ , १७ भदौ ।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले आज आफ्नो सन्यास घोषणा गरेका हुन् ।

स्टार्कले टेस्ट क्रिकेट आफूको प्राथमिकता रहेको बताएका छन् भने, सन् २०२१ को विश्वकप खेल्दा निकै रमाइलो अनुभव भएको पनि बताएका छन् ।

उनले टी–२० क्रिकेटबाट सन्यास लिए पनि टेस्ट र एकदिवसीय क्रिकेट खेलिरहने स्पष्ट पारेका छन् ।