© २०२३
काठमाडौँ, १६ भदौ ।
पछिल्लो आठ वर्षदेखि नेपाली बजारमा सक्रिय रहँदै स्थापित ब्रान्डको रुपमा आफूलाई चिनाउँदै आएको डेनीम नेशन ले चर्चित गायक दुर्गेश थापालाई आफ्नो ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ ।
सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा डेनीम नेशनका अध्यक्ष शुसिल वेलबासेले गायक थापालाई औपचारिक रूपमा ब्रान्ड एम्बेस्डरको रूपमा घोषणा गर्दै यो सहकार्यले ब्रान्डको नयाँ यात्रा सुरु गरेको बताए ।
उनले डेनीम नेशनले नेपाली बजारमा गुणस्तरीय उत्पादनको खाँचो पूरा गर्दै उपभोक्ताको विश्वास जित्न सफल भएको उल्लेख गरे ।
ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि गायक दुर्गेश थापाले डेनीम नेशनप्रति आफ्नो पुरानो लगावको कुरा गर्दै विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डहरूमाझ डेनीमले आफूलाई अलग पहिचान बनाएको बताए । “म पहिले देखि नै डेनीम नेशनको नियमित उपभोक्ता हुँ अब यसै ब्रान्डसँग औपचारिक रूपमा आबद्ध हुन पाउँदा निकै खुशी छु,” – थापाले भने ।
उनले हाँस्य शैलीमा भने, “अब बजारमा ३डी — दुस्मन, दुर्गेश र डेनीम नेशन आयो है !”
कार्यक्रममा दुर्गेश थापा र उनको क्रिएटिभ टिम तथा डेनीम नेशनबीच संयुक्त रूपमा ब्रान्डलाई नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने सहमति पनि भएको छ ।
सो सहकार्यले नेपाली संगीत क्षेत्र र उदाउँदो स्वदेशी उत्पादन दुबैको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
हाल डेनीम नेशनले काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा व्यापार विस्तार गरिसकेको छ । कम्पनीले बुटवलको राम मन्दिर लाइनमा समेत नयाँ शाखा स्थापना गरेर आफ्नो उपस्थिति थप बलियो बनाएको छ ।