Butwal Today

रुपन्देही–३ मा रास्वपाको उम्मेदवारी सङ्कटमा

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का लागि आइतबार मात्रै उम्मेदवार बनेका लेखजंग थापा बहुविवाह प्रकरण सार्वजनिक भएपछि सङ्कटमा परेका छन् ।

आठ आकाङ्क्षीलाई पछि पार्दै कात्तिक १७ मा हुने उपनिर्वाचनमा रास्वपाले थापालाई घण्टी चिन्हबाट उम्मेदवार बनाएको थियो । तर टिकट पाए लगत्तै उनले बहुविवाह गरेको तथ्य बाहिरिएपछि व्यापक आलोचना सुरु भएको छ ।

नेपालको कानुनले अवैध ठहर गरेको बहुविवाह गरेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै रास्वपा नेतृत्वमाथि प्रश्न उठिरहेको छ । थापा अहिले पनि दुवै श्रीमतीसँगै बसिरहेको आरोप सार्वजनिक भएपछि रास्वपाले उनलाई एउटीसँगको कानुनी छोडपत्र पेस गर्न आग्रह गरेको बताइन्छ ।

यदि उनले छोडपत्र पेस नगरे रास्वपाले उम्मेदवारी खोस्ने तयारी गरेको स्रोतले जनाएको छ । यस विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरू सोमबार सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको समेत खुलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?