© २०२३
काठमाडौँ, १६ भदौ ।
नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । आइतबारमात्रै २ लाख ३ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेर अर्को रेकर्ड बनाएको सुनको मूल्य सोमबार पुनः २ हजार रुपैयाँले बढ्दै २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिनयता सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । यही क्रममा शुक्रबार सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको थियो । सोमबारको मूल्य अझ उकालो लाग्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढ्दै २ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।