© २०२३
सुर्खेत, १६ भदौ ।
सुर्खेतको लेकबेसी नगरपालिकामा बँदेललाई थापेको पासोमा चितुवा परेको छ । लेकवेशी नगरपालिका– ७, लमनास्थित गाउँदेखि अन्दाजी सय मिटरको दूरीमा रहेको जङ्गलमा बँदेललाई थापेको पासोमा बाघ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार पासोमा परेको चितुवाको वन कार्यालयसँगको समन्वयमा उद्धार कार्य भइरहेको छ । चितुवा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जङ्गली बँदेलले बालीनालीमा क्षति पु¥याउन थालेपछि स्थानीयले पासो थाप्ने गरेका छन् ।
स्थानीयले खबर गरे पश्चात् तत्काल इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा पाँच जनाको प्रहरी टोली घटना स्थल पुगेका थिए ।