ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण, स्मृति ग्रन्थ विमोचन

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

बुटवल, १५ भदौ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान, रुपन्देहीका संस्थापक अध्यक्ष स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को अर्धकद शालिक अनावरण गरेका छन ।

आइतबार बुटवल–११, माझगाउँस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित विशेष समारोहमार्फत शालिक अनावरण गरिएको हो । सो अवसरमा टंकमणिको जीवनी, योगदान र संघर्षलाई समेटिएको स्मृति ग्रन्थ “टंकमणि : एक क्रान्तिबीज” को विमोचन समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदानलाई ऐतिहासिक भन्दै स्मरण गर्दै टंकमणिले सप्लाई विभागमा रहेर १० वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको उल्लेख गर्दै उनलाई “साहसी र जिम्मेवार योद्धा” को रुपमा व्याख्या गरे।

आगामी दिनमा टंकमणिको योगदानलाई बिशेष मूल्याङकन गरी परिवारलाई संरक्षण र पार्टिको जिम्मेबारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजकै नेता भएको उल्लेख गर्दै परिवर्तनका लागि लड्ने योद्धाहरूको योगदानको कदर उपमहानगरले गर्दै आएको बताए ।

उनले आफू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएको स्मरण गर्दै केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा भने गठबन्धनको मर्मअनुसार सहकार्य भइरहेको स्पष्ट पारे । सो अवसरमा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, नेता जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेताहरूको उल्लेख्य उपस्थिति थियो ।

स्व. टंकमणिको निधन २०७८ मंसिर ८ गते बुटवलको बेलबासमा सवारी दुर्घटनामा ५५ वर्षको उमेरमा भएको थियो । उनी पार्टिका निडर र अग्रपङक्तिमा खटिने शाहासी योद्वाका रुपमा स्थिापित व्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?