ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

असुरक्षित गर्भपतनले बढाउँदै जोखिम 

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

लुम्बिनी प्रदेश नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने प्रदेशको सूचीमा पहिलो नम्बरमा छ । नेपाल सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनमा असुरक्षित गर्भपतनकै कारण ज्यान गुमाउने महिलाको सङ्ख्या लुम्बिनी प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।

सार्वजनिक भएको यो प्रतिवेदनले लुम्बिनी प्रदेशका महिलाहरू उच्च जोखिममा छन् भन्ने कुरा पुष्टि गरेको छ । यो अत्यन्त चिन्ताको कुरा हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा असुरक्षित गर्भपतनका कारण नेपालमा प्रति एक लाख महिलामा करिब दुई सय महिलाले ज्यान गुमाएका थिए भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा ६० जना महिलाले ज्यान गुमाएको तथ्याङ्क छ ।

यो तथ्याङ्कले लुम्बिनी प्रदेशका आमाहरू गर्भावस्थामै असुरक्षित भइरहेको देखिएकोले सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । यद्यपि असुरक्षित गर्भपतन लुकिछिपी गराउने हुँदा यसको आधिकारिक तथ्याङ्क कति छ भन्ने विषय भने अन्योलमै छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशका १२ जिल्लामा गरी करिब २० हजार महिलाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउनेहरू नै २० हजार छन् भने असुरक्षित गर्भपतन गराउनेहरूको सङ्ख्या कति होला ? यसले नेपाली महिलाहरू कति जोखिममा छन् भन्ने कुरा छर्लङ्ग हुन्छ ।

अर्कोतर्फ नेपालमा भएको कुल गर्भपतनमध्ये करिब २० प्रतिशत लुम्बिनी प्रदेशमा हुने गरेको देखिएको छ । त्यसमा पनि २० वर्ष मुनिका युवतीको सङ्ख्या ८ प्रतिशत छ ।

अबको दिनमा असुरक्षित गर्भपतन नियन्त्रण नगर्ने र कडा नियमन र अनुगमन नगर्ने हो भने यो सङ्ख्या हरेक वर्ष यसरी नै बढ्दै जाने देखिएको छ । अर्कोतर्फ २/३ वटा सन्तान भइसकेपछि गर्भपतन गराउनेको सङ्ख्या पनि धेरै छ ।

महिलाहरूले जानी बुझिकनै गर्भपतन गराउने अवस्था समेत कतिपय सवालमा देखिएकोले नियन्त्रण चुनौतिकै विषय भइरहेको छ ।
लुम्बिनी प्रदेशमा खासगरी अविवाहित युवतीहरू आमा बन्ने अवस्था धेरै देखिएको छ ।

यो अत्यन्त चिन्ताको कुरा हो । यसले अविवाहित युवतीहरूले असुरक्षित यौन सम्पर्क गर्ने गरेको र गर्भ रहँदा असुरक्षित रूपमै गर्भपतन गर्दै आएको देखिएको छ । अर्कोतर्फ अनधिकृत औषधीको प्रयोग, नशाको प्रयोग र नसाको रोगमा प्रयोग गरिने औषधिको प्रयोग जस्ता कारणले पनि गर्भपतन बढ्दै गरेको देखिएको छ ।

गर्भपतन गराउने सुरक्षित स्वास्थ्य संस्थाको अभावका कारण पनि अहिले असुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको छ । अबको दिनमा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाको सङ्ख्या बढाउनेतर्फ नेपाल सरकारकै ध्यान जानुपर्ने अवस्था छ ।

आजको समस्या भोलिको दिनमा थप चुनौति बन्न सक्छ । तसर्थ अहिलेदेखि नै सुरक्षित गर्भपतनको पहुँच बढाउनेतर्फ पहल आवश्यक छ । असुरक्षित गर्भपतन गराउन बाध्य हुँदा चेलीबेटीको ज्यानै जोखिममा पर्दै गएकोले अव गर्भपतनलाई कानुनी बैधता दिने कि ? यो विषयमा बहस जरुरी छ ।

त्यसैगरी गर्भपतनको औषधिको विक्री वितरण खुल्ला गरिएको अवस्थामा पनि धेरै चेलीबेटीको ज्यान सुरक्षित हुन्छ भने त्यता किन नसोच्ने ? समय अनुसारको नियम कानुन वनाउने हो भने अव यस विषयमा नीति निर्माताहरूको ध्यान जाओस् ।

बजारमा गैरकानुनीरूपमा हुने बिक्री वितरण अझै रोकिएको छैन । साथै बढी मूल्य तिरेर भए पनि यस्तो औषधि सेवन गरी असुरक्षित गर्भपतन गराउनेहरू उत्तिकै रहेको तथ्याङ्क छ । गर्भपतनको औषधि आफूखुशी सेवन गर्दा कतिपय महिलाहरू मृत्युको मुखसम्मै पुग्न बाध्य छन् ।

यो बिषयमा पनि अव सरकारको ध्यान जाओस । प्रकाशमा नआएका असुरक्षित गर्भपतनका प्रयासहरू थुप्रैछन । ग्रामिण क्षेत्रमा मात्रै होइन, सहर बजारका महिलाले समेत असुरक्षित गर्भपतन गराउने गरेको देखिएको छ ।

तसर्थ सुरक्षित गर्भपतन गराउन कानुनले पनि छुट दिएको हुँदा लुकीचोरी गर्भपतन नगरी ज्यान नै जोखिममा पार्ने काम बन्द गर्नेतर्पm स्वयं महिलाहरूमा नै सचेतना आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?