Butwal Today

रास्वपा सचिवालय बैठक बस्दै, रुपन्देही-३ मा उम्मेदवार घोषणा गर्ने

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १५ भदौ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।

पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ ।

बैठक दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ ।

बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम पनि हुन सक्ने जनाइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?