© २०२३
काठमान्डौ, १५ भदौ ।
महँगो मूल्यमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएपछि व्यापक विरोध भइरहेको सन्दर्भमा आइतबार विभाग परिसरमा नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।
इम्बोस्ड नम्बर प्लेटविरुद्ध क्रियाशील केही समूहले विभागका महानिर्देशक राजीव पोखरेललाई कालोमोसो दल्ने चेतावनी दिएपछि सुरक्षालाई ध्यानमा राख्दै प्रहरी परिचालन गरिएको हो ।
यसअघि साउन १२ गते बसेको संघीय संसद्को विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको थियो ।
बजारमा विरोध र अफवाह फैलिएपछि सुरक्षा प्रदान गर्नु स्वाभाविक भएको तर अहिलेसम्म अन्य कुनै असामान्य गतिविधि नदेखिएको यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए ।