© २०२३
काठमाडौँ , १५ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच सोमबार चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओली र भियतनामी समकक्षीबीच समसामयिक क्षेत्रीय तथा द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको हो ।
प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् । यसअघि आइतबार नै उनले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटहरूलाई कूटनीतिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिइएको बताइएको छ ।