ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरोका बिरामीलाई सहज बन्दै

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

दाङ, १५ भदौ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा न्युरो सर्जरी सेवा नहुदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियोे । तर अब प्रतिष्ठानमै सेवा सुरु भएपछि न्युरो सर्जरीको उपचार सहज र सुलभ हुँदै गएको छ ।

नेपालगञ्ज र कोहलपुरका मेडिकल कलेजमा लामो समयदेखि न्युरो सर्जनका रूपमा कार्यरत डा. उपमा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिन थालेसँगै न्युरो सर्जरीको पहुँच थप बलियो बनेको हो । डा. शर्माले पछिल्लो पाँच महिनामा करिब २ हजार ५ सयभन्दा बढी बिरामीलाई न्युरो सम्बन्धी ओपीडी सेवा प्रदान गरिसकेकी छन् ।

उनका अनुसार प्रतिष्ठानमा अहिले स्पाइन (ढाड) र ब्रेन (मस्तिष्क) सम्बन्धी शल्यक्रिया नियमित रूपमा भइरहेका छन् । न्युरो उपचार प्रायः दीर्घकालीन हुने भएकाले भर्ना भएका बिरामीहरू पूर्ण उपचारपछि घर फर्किएको बताउँदै, अब न्युरो सर्जरीको लागि काठमाडौं वा अन्य सहर जानुपर्ने आवश्यकता नरहेको उल्लेख गरिन् ।

डा. शर्माका अनुसार हालसम्म प्रतिष्ठानमा करिब ६ वटा स्पाइन र ५ वटा ब्रेन सर्जरी सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सबै बिरामीहरू उपचारपछि घर फर्किएको उल्लेख गरिन् ।

उनका अनुसार प्रतिष्ठानमा स्पाईन सम्बन्धि करिब ६ वटा र गत असार महिनादेखि ५ वटा ब्रेन सम्बन्धि अप्रेसन गरिएको र सबै बिरामी उपचारपछि घर फर्किएका छन । प्रतिष्ठानमा न्युरो सर्जरी सेवामा टाउको, गर्दन, ढाड, हातखुट्टा दुखेको, दुर्घटना वा लडेर टाउको वा ढाडमा चोट लागेको, गर्दन, ढाड, हातखुट्टाको नसा च्यापीएको, पक्षघात (लक्चा, प्यारालाइसीस) वा बेहोस भएको, रगत जमेको (ब्रेम हेमोरेज), छारेरोग (मिर्गि, इपिलेप्सि)  वा बेहोस भएको, ब्रेन वा ढाडको ट्युमर भएको, कम्मर दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, निदाउने र कमजोर भएको सबै उपचार हुने बताइन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले ब्रेन ट्युमरको सफल अपरेशनसँगै दाङमै न्युरो सर्जरी सेवा स्थापनाले दिशा लिएको बताए ।

उनका अनुसार न्युरो सर्जरी सेवा थप सशक्त बनाउन सरकारले १४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने आवश्यक उपकरण खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, प्रतिष्ठानमा मुटु रोग उपचारका लागि १० करोड रुपैयाँको ‘क्याथ ल्याब’ मेसिन खरिद भइसकेको र भदौ महिनाभित्रै जडान हुने जानकारी दिए । साथै, कुल ४ अर्ब ५१ करोड रुपैयाँ लागतमा निर्माण हुने ४०० शैयाको अस्पताल यसै आर्थिक वर्षभित्र निर्माण कार्य प्रारम्भ हुने जानकारीसमेत उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?