© २०२३
गुल्मी, १५ भदौ ।
गुल्मीको मदाने गाउँपालिकामा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।
उक्त शव जिल्लाको धुर्कोट गाउँपालिका ‐६ रजस्थल स्थित किटनीका ५६ वर्षीय शिब बहादुर घर्तीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिएका छन ।
यही भदौ ८ गते घरबाट सम्पर्कविहीन बनेका घर्तीको शव आज बिहान मदाने गाउँपालिका ‐७ स्थित लामकाने सामुदायिक वनमा सल्लाको रुखमा झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी नायव निरीक्षक बिष्णु बहादुर गाहको नेतृत्वमा प्रहरी टोली अहिले घटना स्थलतर्फ पुगिसकेको छ ।
उक्त घटनाको बोरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरिक्षक भुपेन्द्र थापाको नेतृत्वमा थप टोली समेत पठाई सकिएको सूचना अधिकारी सारुले बताए ।
घटनास्थल सदरमुकाम तम्घासबाट पश्चिम क्षेत्रमा पर्दछ ।