ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता सम्पन्न

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

बुटवल, १५ भदौ ।

तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलको आयोजनामा ‘लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता–२०८२’ भएको छ ।

आइतबार तिलोत्तमा नगरपालिका स्थित ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा सम्पन्न भएको स्वीमिङ प्रतियोगितामा दाङ बाँके, बर्दिया, रुपन्देहीबाट गरी ९५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागि भएका थिए । प्रतियोगितामा १५ वर्ष भन्दा कम उमेर समूहका छात्रछात्राहरुको सहभागिता रहेको थियो । स्वीमिङ प्रतियोगिताको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्धघाटन गरे ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले शिक्षा मात्रै हाँसिल गरेर मानिस कहिले पनि पूर्ण नहुने भन्दै विद्यार्थीलाई सानै उमेरबाट नै पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सक्षम बनाउनु पर्नेमा जोड दिए । खेलकुद व्यक्तिको स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै राष्ट्र पनि फाइदा हुने भएकाले खेलकुदको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नेपाल पौडी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले नेपालमा वार्षिक १ हजार ३०० जना व्यक्तिको पौडी खेल्न नजानेर मृत्यु हुने गरेको बताए । उनले जीवन रक्षा र स्वास्थ्यका लागि पौडी आवश्यक रहेकाले सानै उमेरबाट बालबालिकालाई पौडी खेल्न सिकाउनु पर्ने बताए । नेपाल पौडी संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकबहादुर थापाले नेपालमा अहिले पनि बालबालिकाहरुलाई पढाइसँगै विभिन्न कियाकलाप पनि सिकाउनु पर्ने बताए । साथै थापाले पौडीलाई व्यवस्थित र संघगठित रुपमा अघि बढाउन आवश्यक रहेको बताउँदै लुम्बिनी बल्ड्र स्कुलले सुरुवात गर्नु राम्रो पक्ष भएको बताए ।

यस्तै विद्यालयका प्रचार्य विष्णुप्रसाद ढकालले वार्षिक क्यालेन्डर नै तयार गरेर स्वीमिङ प्रतियोगिताको आयोजना गरेको बताए । विद्यालयले विद्यार्थीहरुलाई पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सक्षम बनाउनका लागि प्रतियोगिताको आयोजना गरेको बताए ।

आगमी वर्ष राष्ट्रिय स्तरको स्वीमिङ प्रतियोगिता आयोजना गर्ने योजना रहेको समेत बताए। साथै विद्यालयमा नियमिति रुपमा नै विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप हुने समेत प्रचार्य ढकालले बताए ।
प्रतियोगितामा नेपालगंजको शिखा एकेडेमी प्रथम, आर्दश एकेडेमी द्वित्तीय र लुम्बिनी वल्ड स्कुल तृतीय भएको विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले बताए । प्रतियोगितामा विभिन्न ३५ विधामा उत्कृत्ट हुने खेलाडीहरुलाई खेलाडीहरुलाई नगद, ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको प्राचार्य ढकालले बताए । प्रतियोगितामा १५ वर्ष भन्दा कम उमेर समूहका छात्रछात्रा सहभागि रहेका थिए । प्रतियोगितामा विभिन्न ३५ विधामा विजेता खेलाडीहरुलाई नगद, ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको प्राचार्य ढकालले बताए ।

विजेताहरुलाई पुरस्कार नेपाल पौडी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष टेकबहादुर थापा, विद्यालयका कार्यवाहक अध्यक्ष फुलसिंह क्षेत्री, प्रचार्य विष्णुप्रसाद ढकाल लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको सह आयोजकको रुपमा नेपाल पौडी संघ र लुम्बिनी प्रदेश खेलकुद परिषद् तथा प्रायोजक ड्याडिज किचन रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?