© २०२३
दाङ, भदौ १३ ।
लुम्बिनी प्रदेश सभाकी सदस्य सरीता पुनमगरको निधन भएको छ ।
शनिबार साँझ काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।
नेकपा ९एमाले० बाट समानुपातिक प्रणालीअन्तर्गत प्रदेश सभामा प्रतिनिधित्व गरेकी पुनमगर रुकुम जिल्लाकी स्थायी बासिन्दा थिइन् लामो समयदेखि हृदय रोगबाट पीडित पुनमगरको स्वास्थ्य स्थिति पछिल्लो समय थप जटिल बन्दै गएको थियो । प्रसूति पश्चात गरिएको शल्यक्रियामा देखिएको जटिलताका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको र अन्ततः निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काले जानकारी दिए ।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य बनेकी थिइन् । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समितिको सदस्यसमेत थिइन् ।