© २०२३
बुटवल, १५ भदौ ।
बुटवलमा ऐतिहासिक लाखे नाच र कुमारी नाचसहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भिन्द्यो नेवाः समाज (बुटवल १७, १८, १९) को आयोजनामा मोतीपुर चोकमा शनिबार ऐतिहासिक लाखे नाच, कुमारी नाच र धिमे बाजा सहितको विविध सांस्कृतिक नृत्य कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मीले औपचारिक उद्घाटन गर्दै संस्कृतिका धनि नेवारहरुको संस्कार, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा वडा नं. १९ का वडा अध्यक्ष चन्द्र सिंह थापा र डब्लुएचआर नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष अरुणा श्रेष्ठ, संस्थाका संरक्षक गोपाल श्रेष्ठले परम्परागत संस्कृतिको जगेर्नामा आफुहरु संस्थागत रुपमा निरन्तर सहकार्य गर्ने बताए ।
कार्यक्रमलाई सफल बनाउन सक्रिय सदस्य हरिहर श्रेष्ठ, मन बहादुर श्रेष्ठ र कल्याण श्रेष्ठबाट विशेष योगदान रहेको संस्थाका अध्यक्ष पारु श्रेष्ठले बताईन । सांस्कृतिक विविधता, मौलिकता र सामुदायिक एकतालाई मजबुत बनाउन आयोजित यो कार्यक्रम स्थानीय बासिन्दा र विभिन्न क्षेत्रका सहभागीहरूले उत्साहपूर्वक अवलोकन गरेको उनले बताईन ।