ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

सरकारको कृषि बजेट: छुटिन्छ कम, खर्चिछन् झन् कम

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

समाचार सारांशमा


  • संघीयता कार्यान्वयनपछि रोल्पा जिल्लामा कृषि क्षेत्रमा सरकारको लगानी घट्दो क्रममा छ ।


  • प्रारम्भिक वर्षहरूमा २०७५/७६ देखि २०७८/७९ सम्म बजेटको आकार ठूलो थियो, तर पछिल्ला ३ वर्षमा क्रमशः घटेको देखिन्छ ।


  • ७ वर्षमा कुल ६१ करोड ५२ लाख बजेट आएकोमा मात्र ३२ करोड ६७ लाख ५३%  खर्च भएको छ ।


 

रोल्पा, १५ भदौ  ।

कृषिलाई आर्थिक विकासको मेरुदण्ड भनिए पनि यो क्षेत्रमा सरकारले हरेक वर्ष बजेट घटाउँदै लगेको छ । सङ्घीयता कार्यान्वयन सँगै स्थानीय तहहरूमा समेत कृषि शाखा स्थापना भए पनि ती शाखाहरूमा समेत नाम मात्रको बजेट विनियोजन हुने गरेको छ ।

कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्र रूपमा रूपान्तरण गरे पनि ती कार्यालयहरूमा आउने बजेट बर्सेनि घट्दै जान थालेको हो । सङ्घीयता कार्यान्वयनको अघिल्ला ५ वर्षसम्म कृषि ज्ञान केन्द्र रोल्पामा ठुलो आकारको बजेट आए पनि पछिल्ला तीन वर्ष यो बजेट बर्सेनि घट्दै गइरहेको छ । (हेर्नुहोस् तस्बिर)

आर्थिक वर्ष २०७५/०७६ मा कृषि ज्ञान केन्द्र रोल्पामा ८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको थियो । सो वर्ष कृषि ज्ञान केन्द्रले कुल प्राप्त बजेटको करिब ७८ प्रतिशत अर्थात् ६ करोड ५२ लाख ६५ हजार बजेट खर्च गरेको थियो ।

अर्को वर्ष आर्थिक वर्ष २०७६/०७७ मा यो मात्रामा वृद्धि भई १० करोड ८७ लाख ७० हजार पुगेको थियो । सो वर्ष अत्यन्तै न्यून खर्च भएको थियो । सो वर्ष २९ प्रतिशत अर्थात् ३ करोड १७ लाख ८७ हजार मात्रै खर्च भएको थियो ।

सङ्घीयता कार्यान्वयनको तेस्रो वर्ष आर्थिक वर्ष २०७७/०७८ मा बजेटको यो आकार ९ करोड ६६ लाख ५४ हजार पुगेको थियो । उक्त वर्ष खर्चको समेत अत्यधिक भएको कृषि ज्ञान केन्द्र रोल्पाको अभिलेखमा देखिन्छ ।

सो वर्ष कुल बजेटको झन्डै ८५ प्रतिशत वा ८ करोड ७ लाख ४९ हजार रुपैयाँ खर्च भएको थियो । सङ्घीयता कार्यान्वयनको चौथो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा यो आकारमा गुणात्मक वृद्धि भई १४ करोड १९ लाख ४१ हजार पुगेको थियो ।

सो वर्ष खर्च भने करिब ३५ प्रतिशत अर्थात् ५ करोड २ लाख ८६ हजार मात्रै भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा अघिल्लो वर्षको तुलनामा कम बजेट विनियोजन भई १० करोड ११ लाख १७ हजारमा झरेको थियो । सो वर्ष करिब ५५ प्रतिशत वा ५ करोड ५१ लाख ३९ हजार रुपैयाँ खर्च भएको थियो ।

यस्तै, सङ्घीयता कार्यान्वयन पश्चात् भएको दोस्रो आमनिर्वाचन पछि बनेका सरकारहरूले यस क्षेत्रको बजेट घटाउने क्रमले तीव्रता पाइरहेको छ । तीन वटा बजेट ल्याइसकेका सरकारहरूले रोल्पा जिल्लामा कृषि क्षेत्रको बजेट बर्सेनि घटाउँदै लग्ने गरेका छन् ।

दोस्रो आमनिर्वाचन पछि वनेका सरकारहरूले पहिलो वर्ष आर्थिक वर्ष २०८०/०८१ मा कृषि ज्ञान केन्द्र मार्फत कृषि क्षेत्रको विकासका लागि रोल्पामा आउने बजेट ४ करोड ३८ लाख ७३ हजारमा सीमित गरेका थिए । बजेटको यो मात्रा अघिल्लो वर्षहरूमा आउने बजेटको एक सय प्रतिशत भन्दा पनि कम हो ।

सो वर्ष कुल बजेटको करिब ५२ प्रतिशत अर्थात् २ करोड ३० लाख ३१ हजार मात्रै खर्च भएको थियो । बजेटको यो मात्रा आर्थिक वर्ष ०८१/०८२ मा ३ करोड ९२ लाख ९ हजार झरेको थियो ।

सो वर्ष कृषि ज्ञान केन्द्र रोल्पाले ५२ प्रतिशत अर्थात् २ करोड ५ लाख १५ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो । सङ्घीयता कार्यान्वयन पछिका ७ वर्षमा जिल्लामा कुल ६१ करोड ५२ लाख ६४ हजार बजेट विनियोजन भएकोमा कुल ३२ करोड ६७ लाख ७३ हजार मात्रै खर्च भएको छ ।

खर्चको यो मात्रा कुल विनियोजित बजेटको ५३ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागी सरकारले ३ करोड ६९ लाख ६६ हजार बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्र रोल्पाको भनाइ छ ।

हरेक वर्ष कृषि क्षेत्रमा बजेट घट्दै आउने र आएको बजेट पनि खर्च नहुने परम्पराले जिल्लावासीहरू मर्कामा परेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको भनाइ छ ।

पहिलो कुरा हरेक वर्ष बजेट नै घट्दै आइरहेको छ दोस्रो आएको बजेट पनि निकै कम मात्रै खर्च हुने गरेको छ, कसको कमजोरीले यस्तो भइरहेको छ प्रमुख आचार्यले प्रश्न गरिन ।

जहाँको करिब ८५ प्रतिशत जनसङ्ख्या खेती किसानीमै निर्भर छ त्यहीको बजेट हरेक वर्ष घटेर आउने, आएको बजेटको आधा पनि खर्च नहुने कार्य राम्रो नभएको प्रमुख आचार्यको भनाइ छ ।

सङ्घीयता कार्यान्वयन संस्थागत हुँदै जाँदा कृषि ज्ञान केन्द्रहरूमा बजेट घट्दै जानु स्वभाविक भएको रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीको भनाई छ ।

स्वभावैले कृषि ज्ञान केन्द्र कृषि विकास कार्यालय होइन, कृषि क्षेत्रको विकासका लागी स्थानीय तहहरूमा कृषि शाखा छन् उनीहरूले हो यस क्षेत्रको काम गर्ने नगरप्रमुख घर्तीले भने । कृषि ज्ञान केन्द्रहरू अनुसन्धान र शोध केन्द्रको रूपमा विकास भई जनताको सेवा गर्नु पर्ने घर्तीको भनाई छ ।

स्थानीय तहहरूमा भने कृषि क्षेत्रको बजेट बढाउनुपर्ने नगरप्रमुख घर्तीको भनाइ छ । कृषि ज्ञान केन्द्र रोल्पा भने मागको आधारमा भन्दा पनि नमागेको विषयमा समेत बजेट आउने परिपाटीले कार्यान्वयनमा समस्या हुने गरेको बताउँछ ।

मागेको कार्यक्रम नआउने, जिल्लामा आवश्यक नपर्ने कतिपय कार्यक्रम आउने गरेका कारण कार्यान्वयनमा समस्या भएको छ वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कुमार ओझाले भने ।

कार्यक्रम कार्यान्वयन मापदण्ड पनि रोल्पा सुहाउँदो वन्दैनन त्यसले पनि कार्यान्वयनमा समस्या आएको छ ओझाले भने । कार्यक्रम कम कार्यान्वयन हुनको तेस्रो कारण जिल्लामा जनशक्तिको अभाव भएको कार्यालय प्रमुख ओझाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र रोल्पामा हाल ९ प्राविधिक र ६ प्रशासनिक गरी १५ जना कर्मचारीको दरबन्दी रहेकोमा ७ जनाको मात्रै पदपूर्ति भएको । ८ पद रिक्त रहेको छ । कर्मचारी अभावका कारण कृषि ज्ञान केन्द्र रोल्पा अघिल्लो आर्थिक वर्ष जिल्लाको ३ हजार ३३८ घरधुरीमा मात्रै पुगेको थियो ।

जिल्लामा कुल घरधुरी सङ्ख्या ४६ हजार ८४२ सङ्ख्या रहेको छ । यो जिल्लाको कुल घरधुरीको आधारमा अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोगका लागि पुगेको कृषक घरधुरी सङ्ख्या ७.२३ प्रतिशत मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?