© २०२३
काठमाडौँ ।
लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज फेरि ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ३,००० रुपैयाँले बढेर २,०३,६०० रुपैयाँ पुगेको छ । यो दर अहिलेसम्मकै सर्वाधिक उच्च हो ।
यसअघिको मूल्य शुक्रबार निर्धारण गरिएको थियो, जुन तोलाको २,००,६०० रुपैयाँ थियो । आजको मूल्य वृद्धिसँगै सुनले नयाँ रेकर्ड कायम गरेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । महासंघका अनुसार, चाँदी तोलामा ६५ रुपैयाँले बढेर २,४२५ रुपैयाँ पुगेको छ, जुन योसमेत हालसम्मकै सर्वाधिक मूल्य हो ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, मुद्रा सटही दर तथा उच्च मागको कारणले नेपाली बजारमा पनि मूल्यमा वृद्धि देखिएको हो ।