ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

दाङकी ज्योतिको अन्तरिक्ष यात्रा !

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

लमही, १५ भदौ ।

दाङ भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । हालै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू स्पेस एक्सप्लोरेशन एन्ड रिसर्च एजेन्सी (अन्तरिक्ष अन्वेषण तथा अनुसन्धान संस्था) को रकेट अभियानका लागि शीर्ष ६ “नागरिक अन्तरिक्ष यात्री” मध्ये एकमा पर्न सफल भएको जनाएकी छिन् ।

ज्योतिले आफ्नो फेसबुकमा लेखेकी छन् “आठ वर्षको निरन्तर यात्रापछि, मेरो अन्तरिक्ष यात्रा सुरु हुँदै छ ! म सानो देश नेपालमा जन्मिएकी हुँ। बाल्यकालमै तारा माथि हेरेर सपना देखेँ कसरी एक दिन म पनि त्यहाँ पुग्छु ? तर त्यो सपना केवल कल्पना मात्रै रहेन, मैले त्यसलाई जीवनको यात्रामा रूपान्तरण गरेँ ।”

उनका अनुसार अन्तरिक्ष यात्राको तयारी सजिलो रहेन । उनले एरोस्पेस इन्जिनियरिङ (अन्तरिक्ष इन्जिनियरिङ) विषयमा स्नातक अध्ययन गरेकी छिन्। आपत्कालीन अवस्थामा कसरी जीवित रहने भन्ने तालिम (एग्रेस एस्ट्रोनट प्रशिक्षण) पूरा गरेकी छिन ।

साथै, उनले अमेरिकी वायुसेनामा सेवा गरेकी थिइन् भने कोभिड–१९ महामारीका बेला ९ महिना स्वयंसेवक स्वास्थ्यकर्मीको रूपमा अग्र पङ्क्तिमा खटिएकी थिइन् ।

त्यस्तै, उनी पानीमुनि गोता मार्ने खेलाडी (स्कुबा डाइभर), विद्यार्थी पाइलट तथा समानान्तर अन्तरिक्ष यात्री कमान्डर बनेर मंगल वा चन्द्रमाको जस्तै वातावरणमा टोली नेतृत्व गर्दै पानीमुनि खेती (हाइड्रोपोनिक), रोभर परीक्षण र बाह्य गतिविधि सम्पन्न गरिसकेकी छिन् ।

हाल सो संस्थाले उम्मेदवारहरूको मूल्याङ्कन गर्दै अन्तिम छनोट गर्ने तयारी गरेको छ । मध्यम वर्गीय परिवारमा जन्मिएकी ज्योतिले दाङको मुनलाइट बोर्डिङ स्कुलबाट अध्ययन सुरु गरिन् ।

पढाइमा अब्बल उनी सानैदेखि बुवाले ल्याएका विभिन्न पुस्तक पढ्थिन्। पढ्ने बानीले उनी सानैदेखि जिज्ञासु बनिन्। क्रमशः उनी पुस्तक बाहिर अतिरिक्त क्रियाकलापमा पनि व्यस्त हुन थालिन्। ज्योति प्लस टु गर्न बुटवलको मणिमुकुन्द कलेज गइन् ।

त्यसपछिको पढाइ आर्किटेक्ट इन्जिनियरिङ र इन्टेरियर डिजाइनतिर केन्द्रित भयो । पढाइ राम्रै चलिरहेको थियो । साथीहरूको लहलहैमा लागेर अमेरिकी सरकारको ‘डीभी’ (डाइभर्सिटी भिसा) मा आवेदन दिएकी उनी भाग्यशाली ठहरिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?