© २०२३
भदौ १५, कपिलवस्तु ।
बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा र बाणगङ्गा नगरपालिकाको सहकार्यमा अठारौं पुस्तकालय दिवस मनाइएको छ । “हाम्रो पुस्तकालय हाम्रो भविष्य” विषयमा आयोजित माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा ११ विद्यालय सहभागी भएका थिए ।
प्रतियोगितामा हिलबर्ट इङलिस बोर्डिङ स्कुलकी एन्जिला पाण्डे प्रथम, ज्ञानपुन्ज इङलिस बोर्डिङ स्कुलका मिशन आचार्य द्वितीय, होराइजन बोर्डिङ स्कुलका अंकित पोख्रेल तृतीय, र लिटिल स्टार बोर्डिङ स्कुलकी प्रतीक्षा शर्मा सान्त्वना स्थानमा घोषित भए । विजेताले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे भने अन्य सबैलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजेता विद्यार्थीहरुलाई बाणगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जीसी, संस्थाका सल्लाहकार बालाराम ज्ञवाली, संस्थाका कार्यसमिति सदस्य अनन्त राज रेग्मी, त्रिलोचन घिमिरे, राधिका आचार्य, लेखा संयोजक धर्मराज घिमिरे, साहित्य संयोजक लेखनाथ घिमिरे, आजिवन सदस्य बाबुराम कंडेल, ब्यबस्थापक चित्रा भण्डारीले पुरस्कार वितरण गरे ।
कार्यक्रममा बाणगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जीसीले विद्यार्थीलाई पुस्तक पठनतर्फ अभिप्रेरित गर्न जरुरी रहेको भन्दै पुस्तकालय दिवसमा रचनात्मक कार्यमार्फत अभियान थालिएकोमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पुस्तकालयका सचिव बुद्धिसागर बेल्बासेले बालबालिकाहरुमा अन्तरनिहित क्षमता प्रदर्शन गर्ने प्लेटफर्म दिने गरि बौद्धिक कार्यक्रम आजको आवश्यकता रहेको बताए ।