Butwal Today

दाङमा बैचनी खोलाले गाडी बगायो

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

लमही , १५ भदौ । 

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बैचनी खोलाले गाडी बगाएको छ । तुलसीपुर ४ को खाद्रेदेखि पर्सेनीतर्फ आउँदै गरेको ग १ ज १७१४ नम्बरको किराना सामान बोकेको मारुती भ्यानलाई खोलाले बगाएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार आइतबार दिउँसो सवा १ बजेतिर उक्त खोलाले बनाएको हो ।

खोला तर्ने क्रममा बिचमै गाडी बन्द भएको र तत्काल बढेको पानीको बहाबले गाडी बगाएको हो । गाडी १० मिटर तल पुगेको थियो ।

उक्त गाडीलाई तुलसीपुर–६ निवासी ४६ वर्षीय राम कुमार रेग्मीले चलाएका थिए । मानवीय क्षति  भने नभएको प्रहरीले  जनाएको छ।