ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

चिनियाँ राष्ट्रपति सीसँग आज साँझ प्रधानमन्त्री ओलीको २० मिनेट भेटवार्ता

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

बुटवल, १४ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ। आजै चीनको तियान्जिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको आज साँझपख राष्ट्रपति सीसँग करिव २० मिनेट भेटवार्ता हुने भएको हो।

तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको परराष्ट्र स्रोतहरूले जानकारी दिएका छन्। सो भेटवार्ता तियान्जिन गेष्ट हाउसमा हुनेछ।

सांघाई सहयोग संगठन एससीओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली आज अपराह्न  ३ बजे तियान्जिनस्थित विनहाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। ओलीलाई तियान्जिनका उपमेयर र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायतले स्वागत गर्नेछन्।

तियान्जिनमा प्रधानमन्त्री ओलीको बसोबासको प्रबन्ध विमानस्थलबाट करिब आधा घण्टा पर रहेको नदी किनारास्थित होलिडे इन होटलमा गरिएको छ। होटलमा पुगेर केहीबेर आराम गरेपछि ओली राष्ट्रपति सीसँग भेटवार्ताका लागि तियान्जिन गेष्ट हाउसतर्फ लाग्नेछन्।

‘चिनियाँ पक्षले राष्ट्रपति सीसँग भेटवार्ताका लागि २० मिनेटको समय उपलब्ध गराएको छ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अपरान्ह ५ः३० देखि ५ः५० सम्मको अवधि तोकिएको छ। ओली तियान्जिन पुग्नुहुँदासम्म कारणवस समय परिवर्तन भएन भने उहाँले त्यसैअवधिमा राष्ट्रपति सीसँग भेटवार्ता गर्नुहुनेछ।’

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता प्रतिनिधिमण्डल स्तरमा हुनेछ। त्यसक्रममा प्रधानमन्त्री ओलीका साथ अन्य १२ जना नेपाली अधिकारीहरूले सहभागी हुनेछन्।

सी–ओली भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका बरिष्ठ सदस्यहरूमध्ये ८ जना अगाडिको सिटमा रचार जना पछाडिको सिटमा रहनेछन्।

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा हुनेहरूमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना छन्।

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सोमबार (१६ भदौ) मा तियान्जिनमै हुनेछ। भेटवार्तास्थल तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टर तय भएको छ।

जानकारी अनुसार सोबार साँझ ६ः४५ देखि ७ः१५ सम्म दुई शीर्ष नेताबीच भेटवार्ता हुनेछ। चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाहेक प्रधानमन्त्री ओलीको तियान्जिनमा थप दुई मुलुक– कम्बोडियाका प्रधानमन्त्री र लाओसका राष्ट्राध्यक्षसँग पनि भेटवार्ता हुनेछ।

त्यसमध्ये सोमबार (१६ भदौ) बिहान ९ः३० देखि १०ः१५ सम्म लाओसका राष्ट्रपति थोङगुन सिसोलिथसँग तियान्जिन लेक होटलमा र कम्बाडियाका राष्ट्रपति हुन मानेटसँग तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टरमा ११ः३५ देखि १२ः०५ बजेसम्म भेटवार्ता हुनेछ।

१५–१६ भदौमा तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने प्रधानमन्त्री ओली मंगलबार (१७ भदौ) मा तियान्जिनबाट बेइजिङ प्रस्थान गर्नेछन्। तियान्जिन-बेइजिङमा सञ्चालिन द्रुतगतिको रेल चढेर उनी चिनियाँ राजधानी पुग्न लागेका हुन्।

बेइजिङका लागि उनी तियान्जिनबाट मंगलबार विहान ११ बजे रेल चढ्नेछन् र ३५ मिनेटको रेलयात्रापछि बेइजिङस्थित साउथ रेलवे स्टेशनमा ओर्लनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?