© २०२३
बर्दिया, १४ भदौ ।
कृष्णसार बर्दियाले पाएको उपहार हो । चुरे पर्वतदेखि तराईका फाँटसम्म फैलिएको बर्दिया जङ्गलकै कारण हरियाली छ । जङ्गलको बिचमा ठुला–ठुला घाँसे मैदान छन् ।
घाँसे मैदानलाई छोएर बगेको छ कर्णालीको नदी जहाँ विश्वका दुर्लभ पाटे बाघ, हात्ती, एक सीँगे गैँडा, लगायतका वन्यजन्तु बसोबास गर्दै आएका छन् । यहाँ पाइने दुर्लभ वन्यजन्तु र सुन्दर प्रकृति हेर्न बर्सेनि विश्वभरबाट पर्यटक आउँछन् ।
यो प्रकृति प्रेमिका लागि महत्त्वपूर्ण तीर्थ स्थल बर्दिया राष्ट्रिय निकुञ्ज हो । यहाँ प्रकृति प्रेमीहरू आउने गर्दछन् । बर्दिया प्रकृति प्रेमिका लागि निकुञ्ज उद्यान हो । तीर्थ स्थल हो । जहाँ नेपालमा मात्रै नभई विभिन्न देशका प्रकृति प्रेमी आउने गर्छन् ।
निकुञ्ज जैविक विविधताको संरक्षण गर्न स्थापना गरिएको हो । विश्वको पहिलो निकुञ्ज बनाउने देश अमेरिका हो ।
अमेरिकाले सन् १८७२ मा पहिलो पटक निकुञ्ज स्थापना गरेको थियो । विश्वको पहिलो निकुञ्ज एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । भने आईयूसीएनका अनुसार सन् १९७४ मा स्थापना भएको संसारको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज पूर्वोत्तर ग्रिनल्यान्ड राष्ट्रिय निकुञ्ज हो ।
विश्वव्यापी मापदण्ड अनुसार अहिले छ हजार पाँच सय ५५ राष्ट्रिय निकुञ्ज रहेका छन् । ती निकुञ्ज मध्ये एक बर्दिया राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जैविक विविधताको हिसाबले यो निकुञ्ज निकै धनी मानिन्छ ।
निकुञ्जको इतिहास हेर्दा सुरुमा कर्णाली आरक्षको रूपमा स्थापना भएको थियो । यो निकुञ्ज विभिन्न कालखण्ड पार गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज बन्यो । पाटे बाघ संरक्षणमा विश्वलाई चकित बनाएर यो निकुञ्ज आज विश्वभर चर्चित छ ।
निकुञ्जको माथिल्लो भाग चुरे पर्वत तर्फ सल्लाको जङ्गल छ भने तराईका भूभागमा साल र साजले ढाकेको छ । निकुञ्जले बिच बिचमा २२ वटा घाँसे मैदान वन्यजन्तुको लागि निर्माण गरेको छ । भने पानीको सहजताका लागि घाँसे मैदानमा बिचमा सोलार जडित पानी पोखरी निर्माण भएका छन् ।
तीनै घाँसे मैदानमा असङ्ख्य जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा चरिरहेको देख्न सकिन्छ । कहिलेकाहीँ घाँसे मैदान चरिरहेको हात्तीको बथान देख्न सकिन्छ । भने कहिले हात्ती कर्णाली नदीको पानीमा रमाइ रहेको देख्न सकिन्छ ।
साँच्चिकै अदभूत देखिन्छ, सयौँको सङ्ख्यामा चरिरहेको वन्यजन्तु । अनि तीनै वन्यजन्तु हेर्नका लागि निकुञ्जभित्र बनेका भ्यु टावर छन् । त्यहीँ भ्यु टावरमा बसेर स्वदेशी तथा विदेशी पर्यटकहरू वन्यजन्तुको गतिविधि हेर्छन् र चराको गीतहरू सुन्छन् अनि प्रकृतिको आनन्द लिन्छन् ।
भ्यु टावरमा बसेर हेर्न सकिन्छ निकुञ्जको सौन्दर्य । तर निकुञ्ज प्रवेश गर्दा पहिले हामीले पालना गर्नुपर्ने केही नियमहरू छन् । त्यो नियम पालना नगरेका निकुञ्जले कारबाही समेत गर्न सक्छ । निकुञ्ज जाँदा होहल्ला नगर्ने ।
मदिरा र चुरोट वस्तु नलैजान । जङ्गलसँग मेल खाने कपडा लगाउनु पर्ने । निकुञ्जभित्र फोहर गर्न नपाइने । आफूले लगेको पानी तथा खाना राखेका भाडाहरू आफैँले फिर्ता ल्याउनु पर्ने हुन्छ भने प्रकृति पद प्रदर्शक भने अनुसार नियमको पालना गर्नुपर्ने हुन्छ ।
निकुञ्ज प्रवेश गर्ने बित्तिकै निकुञ्जको सौन्दर्य देख्न सक्छौ । घाँसे मैदानमा पुगेपछि आफ्नै सुरमा चरिरहेका वन्यजन्तु देख्न सकिन्छ ।
मानिसलाई देख्ने बित्तिकै वन्यजन्तुहरू मानिसतिर हेर्छन् । अनि कान हलाउँछन् ।
विभिन्न आवाज निकालेर आफ्नो साथीहरूलाई सचेत गराउँछन् । मानिस नजिक भए दौडिँदै अल्लि टाढा जान्छन् । अनि फर्किएर मानिसतिर हेर्छन् । आफू सुरक्षित भएको महसुस गरेपछि फेरि घाँस खान मनग्ये हुन्छन् ।
आहारासँग रमाइ रहेका जरायो, चित्तल, लगुना, बाह्रसिङ्गालाई आहारा बनाउन विभिन्न समयमा वनको राजा पाटे बाघ पनि आउने गर्छ । यसरी प्रकृतिको नियम चलेको छ । प्राकृतिक चक्र चलेको छ ।
निकुञ्जभित्र कयौँ सुन्दर वन्यजन्तु र चराहरू छन् । तर निकुञ्ज हेर्न आउने अधिकांश पर्यटकको चाहना भनेको पाटे बाघ हेर्ने हुन्छ ।
सामाजिक सञ्जालमा पाटे बाघको आलोचना गर्ने, तिनै आलोचक पनि पाटे बाघ हेर्नका लागि इच्छुक हुन्छन् । लालायित हुन्छन् ।
बाघ हेर्न जङ्गल जान डराउनेहरू पनि निकुञ्जभित्र रहेको समस्या ग्रस्त पाटे बाघ हेरेर फर्किन्छन् । निकुञ्ज घुम्नका लागि आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ६७ जना, आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार एक सय ३१ जना र आर्थिक वर्ष २०७९/०८० मा २४ हजार तिन सय ९८ जना पर्यटक आए ।
निकुञ्जभित्र हुने जङ्गल सफारी, जङ्गल वाक गरे । कतिले वनको राजालाई देख्न पाए । भने कतिले वनको राजा देख्न पाएनन् । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा शक्ति संर्घष गर्दै बसेका छन् एक सय २५ पाटे बाघ, एक सय ३० भन्दा बढी हात्ती , ३८ वटा एक सीँगे गैँडा, करिब एक सय बाह्रसीङे, पाँच सय १३ प्रजातिका चरा र करिब एक सय २० प्रजातिका माछा ५६ प्रजातिका स्तनधारी वन्यजन्तु, घडियाल, मगर गोही, सोँस र डल्फिन निकुञ्जभित्र पाइने जैविक विविधता र निकुञ्जको सौन्दर्य हो ।
यहीँ सौन्दर्य हेर्न विश्वभरबाट पर्यटक निकुञ्ज आउँछन् । निकुञ्जको काखमा पुगेपछि विश्वभरबाट आउने पर्यटकहरू चराको गीतसँग रमाउँछन् । प्रकृतिको काखमा एकछिन् निदाउँछन् । प्रकृतिसँग रमाउँछ । साँचै प्रकृति अदभूत छ । मनोरम छ । शान्त छ । सौम्य छ । सुन्दर छ ।
यहीँ सौन्दर्य हेर्न निकुञ्जमा पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । सम्भावनाको खानी रहेको बर्दिया प्रचारप्रसारको अभावको अझै ओझेलमा परेको छ ।