ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

मर्चवारकाे समृद्धिको जिम्मा एमालेले लिन्छ : उपप्रधानमन्त्री पाैडेल

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

रुपन्देही, १४ भदौ ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

शनिबार मर्चवारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे ।
“बलियो पार्टी बिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौं जनता, पूर्व अध्यक्षहरूसहित, एमालेमा प्रवेश गर्नुभएको छ,” पौडेलले भने, “यसबाट म निकै खुसी छु ।”
उनले मर्चवारको विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्दै, आगामी २–४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउने प्रतिबद्धता जनाए ।

सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए । “आजको मितिदेखि मर्चवारलाई पछाडि पर्न दिने छैनौं,” उपप्रधानमन्त्री पौडेलले स्पष्ट पारे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाले उपप्रधानमन्त्री पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ्ग रोड निर्माण गर्न आग्रह गरे ।

शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । एमालेमा प्रवेश गर्दै शुक्लाले भने, “बलियो पार्टी बिना विकास सम्भव छैन भन्ने बुझेर मैले एमाले रोजेको हुँ ।”

कार्यक्रममा नेताहरूले एमाले मात्र देश विकासको प्रमुख आधार हुन सक्ने निष्कर्ष प्रस्तुत गरेका थिए। कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि बोल्दै तराई मधेशको समृद्धि एमालेकै नेतृत्व सम्भव हुने भन्दै आबद्ध भएकालाई स्वागत गर्नुभयो ।

सम्भावनाको क्षेत्र अब पिछडिने छैन

रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार भनिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो । डेढ लाख जनसंख्या ओगट्ने मर्चवारमा आज पनि धेरै घरमा शौचालय छैनन्, ह्यान्डपम्प वरिपरि दुर्गन्धमय फोहर छ, स्कुले बालबालिकाले धुलोमै खेल्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ जस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए ।

तर, पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ । स्थानीय अगुवा जितेन्द्रनाथ शुक्ला र केशबनन्द बनियाँ भन्छन्, “हामीले संघीय र प्रदेश सरकारमा धाउँदा मात्रै विकासको बाटो खुल्दै गएको देख्यौं ।” उनीहरुको अनुभवमा केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा मर्चवारले प्राथमिकता पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?