दाङ ,१३ भदौ ।
भूमि समस्या समाधान आयोग दाङले भूमिहिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लागि पहिचान प्रमाणकरण र लालपुर्जा प्राप्तिको प्रक्रियाबारे सिकाई र अनुभव आदानप्रदान गरेको छ।भूमि समस्या समाधान आयोग दाङको आयोजना तथा युएन ह्याबिटेट नेपाल र भूमि कृषि कार्यक्रम दाङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
भूमिविज्ञ जगत देउजाले दाङका १० स्थानीय तहमा रहेका सम्पूर्ण भूमिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको अवस्था संशोधित कानुन ; कार्यशैली र अन्यत्र स्थानमा गरेका कामको सिकाइ , पुर्जा वितरणको सातौं प्रक्रियाको बारेमा प्रष्ट पार्दै ऐन कानुन अनुरूप स्थानीय तह र जिल्ला समिति आयोगले समन्वय र एकताबद्ध तरिकाले काम गरे देशमा ५ लाख पुर्जा वितरण गर्न सकिने भन्दै सबै स्थानीय तहलाई काम गर्न निर्देशिन दिएका छन् । उनले पालिकाले इच्छा शक्ति देखाउने हो भने काम समयमा हुने बताए ।
यस्तैगरी जिल्ला आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले स्थानीय तहको कार्यप्रति अझै द्रुत गतिमा नाप नक्सा र प्रमाणीकरणको काम सकिसकेपछि जिल्ला आयोगमा फाईल डाटावेश पठाउन आग्रह गरे । परम्परागत शैलीबाट भन्दा पनि आधुनिक र नवीन प्रविधि उपकरणको प्रयोग गरी कामलाई द्रुत गतिमा वढाउन आग्रह गर्दै आफ्नो जिल्ला मातहतमा रहेका सम्पूर्ण पदाधिकारी कर्मचारी लाई आयोगको निर्देशितमा रहेर काम गर्न समेत निर्देशन दिए ।
उनले भने,अब भूमिहिन दलित , भूमिहिन सुकुम्बासीको प्रक्रिया सँगसँगै अव्यवस्थितको कामलाई पनि निरन्तर रुपमा अगाडि बढाउने गरि आयाेगले कामको सुरु गरेकाे बताए । घाेराही उपमहानगरपालिका नगरप्रमुख नरूलाल चाैधरी , तुल्सीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्का , गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा , राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी , बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जि सी लगाएतकाले भूमिहिनहरुको समस्या समाधान गर्न सबैले सकारात्मक कामको थालनी गर्नुपर्ने बताए ।
कार्यक्रममा दाङका १० वटा स्थानीय तहप्रमुख उपप्रमुखहरूको उपस्थिति रहेको थियो। आयाेगका सदस्य सचिव पुरन चाैधरीले जिल्ला आयाेगकाे लगत संकलन, प्रमाणिकरण,दस्ताबेजिकरण प्रकृया र चरणकाे बारेमा जानकारी गराएका थिए ।
दाङका १० वटै स्थानीय तहका भुमि शाखा प्रमुखहरूले पालिकाले गरेका कामकाे प्रगति र चुनौतीका बारेमा जानकारी गराएका थिए