© २०२३
काठमाडौं १४ भदौ ।
निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कार्तिक १७ गते हुने गरी उपनिर्वाचनको मिति तोकिएको हो । सो क्षेत्रका प्रतिनिधि राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।
गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतबाट मिति २०८१÷७÷२० मा प्रत्यक्षी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भए पश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्ण पाठमा उल्लेख छ । संवैधानिक इजलासले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झोक्याएर सांसद भएको ठहर गरेको थियो ।