© २०२३
कपिलवस्तु, १३ भदौ
कपिलवस्तु जिल्लाको तौलिहवा–जितपुर सडकखण्ड स्थित कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा स्थित मूल सडकको मध्यभागमा बर्षौ देखि जमिनमुनी दबिएर रहेको बिष्फोटक पदार्थ बिष्फोट भएको छ ।
तौलिहवा देखि पुर्व पश्चिम राजमार्ग जोड्ने सो सडकमा जमिनमुनी रहेको बिष्फोटक पदार्थ बिहिबार साँझ बिष्फोटन भएसँगै सडकमा यात्रा गर्ने नागरिक त्रसित बनेका छन । बिष्फोटका कारण मुल सडकको मध्य भागमै ४ फिट गहिरो र १० फिट चौडाईको खाल्डो परेको छ ।
सडक खाल्डो परेको अवस्था हेर्दा कालोपत्रे सडकमुनी बर्षौ देखि गाडिएर रहेको बिष्फोटक पदार्थ शक्तिशाली भएको देखिएको छ । घटना पछि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय पिपरा र अस्थाई प्रहरी पोष्ट जहदीको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान पश्चात सडक सुचारु बनाएको छ ।
बर्षौ देखि जमिनमुनी दाबिएर रहेको शक्तिशाली बिष्फोटक पदार्थ बिष्फोटन भएको देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । बि.सं. २०७५ मा सो सडकखण्डलाई धेरै खण्डमा सिंगल लेनबाट डबल लेन स्तरोन्नति गरिएको थियो । सो क्रममा दुई बर्ष अघि सम्म पचेहरा क्षेत्रमा समेत पटक पटक कालोपत्रे हालेर माथिबाट गिट्टी राखेर सडकको स्तरोन्नति गर्ने कार्य हुदै आएको थियो ।