© २०२३
अछाम, १३ भदौ ।
अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ ।
पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको
मृत्यु भएको हो ।
अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको हो । सो घटनामा मङ्गलसेन नगरपालिका–६ कि रत्नकला भण्डारी भने घाइते भएकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागे पछि उपचारका लागि नेपालगन्ज लगिएको छ ।
बिहिवार राति चुरकुली भन्ने स्थानमा छाउपडी बसेको घरको आँगनमा त्रिपाल राखेर सुतेको अवस्थामा माथीवाट ढुंगा खस्दा यो अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।