ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सरकारी सर्भर नचल्दा सर्वसाधारणले पाए सास्ती

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

समाचार सारांशमा


  • तानसेन नगरपालिका र अन्य वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न सर्वसाधारणलाई सास्ती ।


  • सर्भर बिग्रिएका कारण व्यक्तिगत घटना दर्ता, नागरिकताको सिफारिस र कर तिरो लगायतका सेवामा बाधा ।


  • भदौ मसान्तसम्म अनिवार्य नवीकरणको म्यादका भएका कारण वडाहरूमा ज्येष्ठ नागरिक, असहायहरूको भिड ।


 

पाल्पा, १३ भदौ  ।

तानसेन नगर पक्लुवाकी सरिता घिमिरेले आफ्नो आमाको सामाजिक सुरक्षा परिचय पत्र नवीकरणका लागि एक हप्ता सम्म वडा कार्यालय धाउँदा पनि नवीकरणको काम पुरा भएन ।

अर्गलीकी पार्वती विश्वकर्मा पनि दिनहुँ  वडा कार्यालय पुग्दा पनि परिचय पत्र नवीकरण नहुँदा कतै आफू राज्य बाट प्राप्त सुविधा बाट बन्चित हुनुपर्छ कि भन्ने मनमा डर लागेको उनी बताउँछिन् ।

गत आर्थिक वर्षको आफ्नो जमिनको मालपोत बापतको रकम बुझाउनको लागि अघिल्लो वर्षको रसिद लिएर नगरपालिका पुग्दा राजश्व शाखाबाट त्यसै फर्किन परेको कविता कार्की बताउँछिन् ।

एक दिनको एकै घण्टामा हुने कामलाई नगर पालिकाका कर्मचारीले तिरोको लागि फेरी अनावश्यक दुःख दिएको बताउँदै हाम्रा समस्या जनप्रतिनिधिले नबुझेको गुनासो पोखिन ।

पछिल्लो समयमा भएको प्रविधिको बिकासका कारण राजश्व, कर आर्थिक प्रशासन व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा नवीकरण कम्प्युटरमा अभिलेखीकरण हुने भएकाले पछिल्लो समयमा कम्प्युटरको नचल्दाको समयमा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

सामाजिक सुरक्षामा आबद्ध सबैले भदौ मसान्त सम्म  अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने र त्यसैमाथि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि यतिखेर तानसेनका वडा कार्यालयमा मात्र नभई अन्य स्थानीय निकायका वडाहरूमा समेत सामाजिक सुरक्षाको कार्यक्रमको परिचय पत्र नवीकरणको लागि ज्येष्ठ नागरिक असहायहरूको भिड लागेको छ ।

माथागढी गाउँपालिका बहादुरपुरका स्थानीय परिचय पत्र नवीकरणका लागि एक हप्ता सम्म वडा कार्यालय धाएको बताउने बुद्ध बहादुर दर्लामी भन्दछन् वडामा गयो सचिवले प्राविधिक समस्याका कारण  ६ दिन सम्म काम भएन भने सातौ दिन मात्र काम भएको उनले बताए ।

पछिल्ला वर्षहरूमा वडा तह देखि नै सर्भर (सूत्र ) प्रणाली बाट व्यक्तिगत घटना देखि नागरिकताको सिफारिस सम्म सबै कम्प्युटर बाटै काम हुने भएको छ । विगत एक महिना यता सर्भर (सूत्र) मा समस्या देखिएका कारण सर्वसाधारणले दुःख पाउनु परेको हो ।

तानसेन नगर सरकारका प्रतिनिधि तथा वडा अध्यक्ष सागर महर्जन भन्दछन् कर सूत्र प्रणाली, आर्थिक प्रशासनको सर्भर, महालेखा परीक्षणको कार्यालय, व्यक्तिगत घटना दर्ता, गृह मन्त्रालय अन्तर्गत पञ्जिकरण महाशाखा, सामाजिक सुरक्षाको सर्भर (सूत्र) गृह मन्त्रालय बाट वडा तहसम्म भएको छ ।

आमजनताको काम छिटो, सजिलो र पारदर्शी रूपमा होस भन्नका लागि जोडिएको सफ्टवेयरलाई अमेरिकी सरकारको यु एसआइडीले सहयोग गरेको थियो । युएसआइडी परियोजनाका लागि प्राप्त सहयोग रोकिएका कारणले यो समस्या भएको हो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत परिचय पत्र नवीकरण भन्दा त अझ जटिल र झन्झट त जग्गाको अभिलेखीकरणमा छ । स्थानीय तहको निर्वाचन लगत्तै नगर सरकारले प्राविधिकहरूलाई अतिरिक्त सुबिधा दिएर घर घरमा अभिलेखीकरणका लागि पठायौँ तर अहिले सूत्रमा समस्याका भएका कारण केही भेटिँदैन ।

फेरी अब शून्य बाट सुरु गर्नुपर्ने हुन्छ । यसले थप समस्या पारेको छ । पुरानो बन्द नयाँ कमजोर भयो उनले भने । यो समस्या सबै स्थानीय तहमा देखिएको छ । पहिलाको सफ्टवेयर बनाउँदा कम क्षमताको बनाए । अहिले काम गरेन ।

यो विषयमा पूर्ण ज्ञान भएका जिल्ला तहमै प्राविधिक छैनन् । हामीले समस्या राख्ने ठाउँमा फोन गर्दा फोन उठ्दैन । यसका लागि सिङ्गो नेपाल सरकार नै संवेदनशील बन्नु पर्ने स्थानीय सरकारका कर्मचारीहरू बताउँछन् ।

सर्भर चल्दैन, सेवाग्राहीले बुझ्दैनन् । कर्मचारीले काम गर्दैनन् दुःख दिन मात्र जानेका छन् भन्ने जन गुनासो सुन्नु पर्दछ भन्ने दुखेसो कर्मचारीहरूले बताउँछन् ।   दश स्थानीय तहमा सामाजिक सुरक्षा कार्यक्रममा ५० हजार भन्दा बढी जनता समाहित भएका छन् ।

त्यसै गरी व्यक्तिगत घटनाको दर्ता, विवाह मृत्यु बसाइँ सराइका लागि पनि उत्तिकै भिड लाग्दछ वडा कार्यालयमा तर सर्भर नचलेका कारण काम एकै दिनमा हुँदैन ।

यही समस्याका कारण यहाँका अभिकाश वडाहरूमा बिहान बेलुका र बिदाका दिनमा पनि टोल टोलमा पुगेर व्यक्तिगत घटना दर्ता परिचय पत्रको नवीकरणको काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?