© २०२३
बर्दिया, १३ भदौ ।
बार बर्दिया नगरपालिकामा नर्सिङ सेवा सुरु हुन थालेको छ । विद्यालय र सामुदायिक स्वास्थ्य क्षेत्रमा नर्सिङ सेवा कार्यक्रम नेपालमा ६ वटा स्थानीय तहमा लागु भएकोमा बारबर्दिया नगरपालिकामा पनि यस कार्यक्रम ल्याउन सकिएको बारबर्दिया नगरपालिकाका अध्यक्ष छविलाल थारुले जानकारी दिए ।
नगरप्रमुख थारुले भने “बारबर्दियावासीको स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा सुधार गर्नको लागि भएका विभिन्न प्रयास आजको दिनमा सकारात्मक सुधार देखिन थालेको छ ।”
समुदाय स्तरबाटै घरदैलो एवम् विद्यालयमा स्वास्थ्य सेवा पहुँच पु¥याउने उद्देश्यका साथ विद्यालय तथा सामुदायिक स्वास्थ्य सेवा सुरु गरिएको बार बर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बताए ।
विद्यालय र सामुदायिक स्वास्थ्य क्षेत्रमा नर्सिङ सेवा कार्यक्रम सुरु सुरुवातका लागि भदौ १२ गते नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु काठमाडौँका निर्देशक हिरा कुमारी निरौला र बार बर्दिया नगरपालिकाको तर्फबाट नगरप्रमुख छविलाल थारुले सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक हिरा कुमारी निरौलाले विद्यालयमा अध्ययन गर्ने किशोर किशोरीमा आउने स्वास्थ्य समस्या विद्यालयमा समाधान गर्न सकिने भएकोले यस कार्यक्रम प्रभावकारी रहेको बताइन् ।
निरौलाले भनिन् “समुदाय स्तरमा रही काम गर्ने भएकोले समय धेरै लागे पनि स्वास्थ्यको दृष्टिकोणले समुदाय स्तरमा काम गर्ने भएकोले आम बारबर्दियावासीमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेका छु ।”
बार बर्दिया नगरपालिकामा लागु गरिएको यस कार्यक्रम दुई विद्यालयमा पनि लागु गरिएको छ । कार्यक्रम सञ्चालन हुने विद्यालयमा बार बर्दिया–७ स्थित जनता माध्यमिक विद्यालय रम्वापुर र बार बर्दिया–९ स्थित धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा सुरु गरिएको छ ।
बार बर्दिया नगरपालिकाले हालसम्म ११ जना सामुदायिक स्वास्थ्य नर्स र २ जना विद्यालय स्वास्थ्य नर्सको व्यवस्था मिलाएको छ ।