ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

दर्जन बढी देशमा ‘जेरी अन टप’ काे टिजर ट्रेन्डिङमा

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौँ, १३ भदौ ।

गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढी पटक हेरिएको छ ।

युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जन बढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ ।

विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ । युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक्सन भिडियोमा यो फिल्म बहु–प्रतिक्षितका शब्दहरू व्यक्त भएका छन् ।

सगरमाथा आरोहणको कथा जोडिएको यो फिल्ममा समावेश दृश्यहरू, कलाकारको अभिनय कला, व्याकग्राउण्ड म्युजिक, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् ।

सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्म आगामी असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

यो फिल्ममा युवापुस्ताका चर्चित अनि सफल अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकार शीर्ष अभिनयमा छन् ।

अभिनेता अनमोलले दर्शक तथा शुभचिन्तकबाट प्राप्त प्रेममा खुशी साट्दै धन्यवाद ज्ञापन गरेका छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

यो फिल्मलाई नेपालभित्र रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागत र फ्रण्टलाइनर स्टारकास्ट समावेश यो फिल्मलाई वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?