Butwal Today

सुनको भाउमा ऐतिहासिक वृद्धि, तोलाको २ लाख नाघ्यो

१३ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौ, १३ भदौ ।

नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर प्रति तोला दुई लाख छ सय रुपैयाँ पुगेको हो ।

यसअघि हिजो मात्र सुनको मूल्य तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँ पुग्दै इतिहासकै उच्च मूल्यमा कारोबार भएको थियो । तर आजको बढोत्तरीसँगै त्यो कीर्तिमान तोडिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ । चाँदी प्रति तोला पाँच रुपैयाँले वृद्धि भई तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको मूल्य दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।