ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कपिलवस्तुमै पहिलो पटक फेमिली डेन्टलमा दन्त प्रत्यारोपण सफल

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

जितपुर, १३ भदौ ।

कपिलवस्तु जिल्लामा पहिलो पटक दन्त प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । वाणगंगा नगरपालिका–४, जितपुरस्थित फेमिली डेन्टल केयर सेन्टर प्रा.लि. मा मंगलबार सम्पन्न सो शल्यक्रियाले कपिलवस्तुमा दन्त उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।

फेमिली डेन्टलका सञ्चालक तथा वरिष्ठ हाइजिनिस्ट कृष्ण पोख्रेलले दन्त प्रत्यारोपण शल्यक्रिया पहिलो पटक जिल्लामै सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्ने डा. सम्राट पराईका अनुसार यसअघि यस्तो सेवा लिन बुटवल वा काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । तर अब अत्याधुनिक दन्त प्रत्यारोपण सुविधा कपिलवस्तु जिल्लामै सहज रूपमा उपलब्ध हुने भएको छ ।

पोख्रेलका अनुसार फेमिली डेन्टल स्थापना भएदेखि नै दक्ष र अनुभवी चिकित्सकहरूको परामर्श तथा उपचारले बिरामीहरूको विश्वास जित्दै आएको छ । यस डेनटलमा दैनिक रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेजका चिकित्सकहरूले समेत सेवा प्रदान गर्दै आएका छन् ।

हाल फेमिली डेनटलमा दाँत सफा गर्ने, फिलिङ गर्ने, जरैदेखि उपचार गर्ने, गिजा उपचार, दाँत उखेल्ने, कृत्रिम दाँत बनाउने, दाँतमा खोल लगाउने, बाँगो–टेडो दाँत सिधा गर्ने, दाँतको एक्स–रे लगायत सम्पूर्ण मुख स्वास्थ्यसम्बन्धी उपचार सुविधा उपलब्ध छन् ।

जिल्लामा मात्र सीमित नभई अर्घाखाँची, रुपन्देही, दाङ, प्युठानलगायतका छिमेकी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि फेमिली डेनटलमा आउने गरेको सञ्चालक पोख्रेलले जानकारी दिए ।

दन्त स्वास्थ्यको क्षेत्रमा नयाँ प्रविधि र अत्याधुनिक उपचार विधि थपिँदै गएसँगै कपिलवस्तु जिल्लाका बासिन्दाले सजिलै गुणस्तरीय उपचार पाउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?