ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

राउटे बस्तीमा नयाँ मुखियाको चर्चा

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

सुर्खेत,१३ भदौ । 

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय नयाँ मुखिया छान्ने तयारीमा छन् । गएको वैशाखमा राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण शाहीको मृत्यु भएपछि उनीहरू नयाँ मुखिया छान्ने तयारीमा लागेका हुन् । नयाँ मुखिया छान्नको लागि उनीहरू छलफलमा जुटिसकेका छन् ।

उनीहरू दसैँसम्ममा नयाँ मुखिया छान्ने तयारीमा रहेको उक्त बस्तीमा कार्यरत जोडी शिक्षक दुर्गा खत्रीले जानकारी दिइन् । ‘मुखिया सूर्यनारायणको मृत्यु भएपछि यस समुदायमा नयाँ मुखिया छान्ने चर्चा सुरु भएको छ’ खत्रीले भनिन्, ‘दसैँमा नयाँ मुखिया छनौट गर्ने गरि छलफल गरिरहेका छन् ।’ उक्त छलफलमा राउटे समुदायका पुरुषसँगै महिलाको पनि सहभागिता रहेको उनले बताइन् ।

उनका अनुसार सूर्यनारायणको ठाउँमा उनका भाइ शेरबहादुर शाहीलाई बनाउने विषयमा छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । आउँदो दसैँमा छनौट टुङ्गिने तयारी भएको उनले जानकारी दिइन् ।

राउटे समुदायले दसैँलाई मुख्य चाड मान्ने भएका कारण सोही समयमा नयाँ मुखिया छनौट गर्ने उनले बताइन् । ‘तीजको रमझम सुरु भएता पनि यस बस्तीमा सुनसान छ, तीजको खासै थाह गर्दैनन्, दसैँलाई विशेष पर्वका रूपमा मान्ने गर्दछन्’ जोडी शिक्षक खबीले भनिन्, ‘साउने सङ्क्रान्ति र माघी पर्वलाई पनि महत्त्व दिने गर्दा रहेछन् ,मुखिया छनौट गर्ने नयाँ कार्य भएकोले पनि होला विशेष पर्वमै सुरुवात गर्न खोजेको ।’

सूर्य नारायणको मृत्यु भएपछि सुर्खेतकै लेकबेंसी नगरपालिका–१० झुप्रा खोलामा बसाई सरेका राउटे समुदाय हिजो (शनिबार) मात्र सोही वडाको नयाँ स्थानमा सरेका छन् । सुर्खेतको बराह ताल गाउँपालिका–८ सोतखोलामा बसोबास गरिरहेका बेला मुखिया शाहीको मृत्यु भएपछि लेकबेसी सरेका हुन् ।

कर्णालीका विभिन्न जिल्लामा बसाइँ सरिरहने राउटे समुदाय पछिल्लो समय  दैलेख र सुर्खेतका जङ्गलमा बस्दै आएका छन् । आफ्नै भाषा तथा संस्कृतिमा रहने राउटे समुदाय मुखियाको नियन्त्रणमा हुन्छन् । उनीहरू आफ्ना हरेक गतिविधिहरू मुखियाको आदेश अनुसार गर्ने गर्दछन् ।

मुखियाले आदेश दिने,समुदायलाई एकजुट बनाउने,समुदायमा देखिएका समस्या समाधानको पहल गर्ने, विवाद मिलाउने लगायतका काम गर्छन् ।
तीन जना मुखिया राख्ने प्रचलन रहेको राउटे समुदायमा मुख्य मुखिया सूर्यनारायण थिए ।

रास्कोटी शाही थरका उनलाई २१ वर्षअघि महामुखिया महिनबहादुर शाहीले मुखिया बनाएका थिए । आफूले एक्लै धान्न समस्या भएको भन्दै भान्जा नाता पर्ने उनलाई महिनबहादुरले मुखिया बनाएका थिए ।

२०८० कात्तिकमा महिनबहादुरको मृत्युपछि सूर्यनारायण मुख्य मुखियाको रूपमा अघि सरे । महिनबहादुर अघि उनका बुवा मानबहादुर शाही मुखिया थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?