Butwal Today

आज दिउँसो र राति यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

त्यसो त अहिले पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिररहेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिअनुसार,

आज दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली ढआकाशमा पातलो बादलण रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभाग साथै लुम्बिनी प्रदेश र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।