ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सेयर बजार ३८.१० अंकले घट्दै २७८१ अंकमा झर्‍यो

१२ भाद्र २०८२, बिहीबार
१२ भाद्र २०८२, बिहीबार

 काठमाडौं, १२ भदौ ।

अघिल्लो दिन २८१९ अंकमा बन्द भएको नेप्से सूचक बिहीबार ३८.१० अंकले घट्दै २७८१ अंकमा झरेको छ ।

बजार खुलेको केही समयपछि सामान्य उतारचढाव देखिए पनि साढे १ बजेसम्म २८०० अंकमाथि नै कायम रहेको सूचक त्यसपछि निरन्तर घट्दै गएको हो ।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज जम्मा २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको मूल्य घटेको छ । यस्तै, सबै क्षेत्रगत सूचकहरू घटेका छन् ।

सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा देखिएको छ, जसको सूचक २.३८ प्रतिशतले घटेको हो । त्यसपछि फाइनान्स समूह १.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन र अन्य समूह दुवै १.७० प्रतिशतले, जीवन बीमा १.६५ प्रतिशतले, होटल तथा पर्यटन १.६० प्रतिशतले, लगानी समूह १.५८ प्रतिशतले, हाइड्रोपावर १.४४ प्रतिशतले, माइक्रोफाइनान्स १.४० प्रतिशतले, व्यापार समूह १.२६ प्रतिशतले र बैंकिङ समूह ०.८७ प्रतिशतले घटेका छन् । यद्यपि, निर्जीवन बीमा समूह भने ०.०१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

कम्पनीगत रूपमा हेर्दा, विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै सर्किट लेभलमा पुगेको छ ।

त्यसपछि मैलुङखोला जलविद्युत् ३.६२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ३.४१ प्रतिशत, एनएलजी इन्स्योरेन्स ३.१९ प्रतिशत र पिपुल्स पावर ३.१७ प्रतिशतले बढेका छन् ।

अर्कोतर्फ, सबैभन्दा धेरै घट्ने कम्पनीमा ओरियन्टल होटल परेको छ, जसको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको हो ।

लुम्बिनी विकास बैंक ४.१८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक ३.८७ प्रतिशत, सिक्लेस हाइड्रोपावर ३.८० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्त ३.६६ प्रतिशतले घटेका छन् ।

आजको कारोबारमा सबैभन्दा बढी क्रियाशील रहेका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?