नवलपरासी पश्चिम्, १२ साउन ।
नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल नवलपरासीको वडा अधिवेशन सुरु गरिएको छ । बिहीबार बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट वडा अधिवेशन सुरु गरिएको हो ।
नेपाल तरुण दलको आसन्न पाँचौँ महाधिवेशन सम्पन्न गर्नका लागि वडा अधिवेशन सुरु गरिएको तरुण दल नवलपरासी पश्चिमका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।
बर्दघाट नगरपालिका वडा नम्बर –१६ बाट सुरु भएको वडा तहको अधिवेशन सातै पालिकामा हुने र भदौ १७ गते पालिकाको अधिवेशन हुने अध्यक्ष गुरुङले जानकारी दिए । सबै वडाहरूमा निर्वाचन नगराई सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको अध्यक्ष गुरुङले बताए ।
सङ्गठनको विधान अनुसार नै सबै क्षेत्र र समुदायलाई समेटेर कार्यसमिति चयन हुने बताइएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य कमल थापा, वडा अध्यक्ष भिमकाजी गुरुङ लगायत काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।