Butwal Today

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन् ।

सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको सम्बोधन यसअघि भदौ ६ गतेका लागि तय गरिएको थियो । तर, कुनै कारणवश स्थगित भएको उक्त सम्बोधन अब शुक्रबारका लागि पुनः तय गरिएको हो ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?