© २०२३
काठमाडौं,१२ भदौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको पराजय बेहोरेको छ ।
बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मेनेन्टीले २२ रन बनाए ।नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई, तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ तथा सोमपाल कामीले अविजित १८ रन बनाए ।
साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान २ विकेट तथा म्याकफाडेन र मेन्जिसले समान १ विकेट लिए ।